८ वैशाख २०८१ शनिबार
अन्य

दशैँको टिकट बुकिङ खुला, बिहानै पुग्नेले पनि पाएनन् भनेजस्तो सिट (फोटो/भिडियो)

दशैँको टिकटका लागि नयाँ बसपार्क गोंगबुमा लाइन बसेका यात्रु। तस्विरः प्रबीन कोइराला

काठमाडौं— दशैँको लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सीपछि मंगलबारदेखि अग्रिम बुकिङ खु्ल्ला गरिएको हो। दशैँको अग्रिम टिकट बुकिङ गर्न यात्रुहरु विहानै बसपार्कमा पुगेका थिए। यातायात व्यवसायीले काठमाडौं उपत्यकामा १२ स्थानबाट अग्रिम टिकट खुला परेपनि यात्रुको चाप नयाँ बसपार्क गोंगबुकै काउन्टरमा धेरै देखियो।

‘टिकट बुकिङ खुला भएकै दिन जाँदा पनि भने जस्तो सिट पाइएन,’ उनले भनिन्, ‘यातायात व्यवसायीले पछिल्ला सिट बेच्न अघिल्ला सिट बुक भइसकेको बहाना गरिरहेका छन्।’

नयाँ बसपार्कमा टिकट बुकिङ गर्न जानेहरुले घन्टौं लाइनमा बस्नु परेको बताए। पहिलो दिन बिहानै पुगदा पनि टिकट नै नपाएको अधिकांश यात्रुले गुनासो गरेका छन्। मंगलबार दिउँसो नयाँबसपार्कमा भेटिएका अमृत शाही भने, ‘विहानै आएर लाइनबस्दा समेत सहजै टिकट पाउन गाह्रो भयो,’ उनले भने,‘दुई घण्टा लाइनमा बसेर मात्रै बल्ल टिकट हातमा पर्‍यो।’

धनगढीको लागि टिकट काट्न नयाँबसपार्क आएका सिर्जना मल्लले बसका अघिल्ला सिटमा यातायात व्यवसायीले मनोमानी गरेको गुनासो गरिन्। ‘टिकट बुकिङ खुला भएकै दिन जाँदा पनि भने जस्तो सिट पाइएन,’ उनले भनिन्, ‘यातायात व्यवसायीले पछिल्ला सिट बेच्न अघिल्ला सिट बुक भइसकेको बहाना गरिरहेका छन्।’

अग्रिम टिकट बुकिङ गरेका यात्रुहरुका अनुसार चारदेखि आठ सीत आफ्नो नाममा राखेर अन्य सिट मात्र बेच्ने गरिएको छ। स्नातक तहको परीक्षा दिएर हतारिदैँ टिकट बुकिङका लागि आएका सुर्खेतका रहमान शाहले टिकट पाउन सहज नभएको गुनासो गरिन्। ‘भर्खरै परीक्षा दिएर टिकट बुकिङ गर्न आएकी हुँ,’ उनले भने,‘कति समयपछि टिकट पाइने हो। लाइनमा बसिरहेको छु।’

सुदूरपश्चिम यातायात व्यवसायी समितिका काउन्टर इन्चार्ज मिन पनेरुले सबै यात्रुले एसी तथा डिलक्स बसको मात्रै टिकट खोज्दा समस्या भएको बताए। ‘सबै यात्रुले अगाडिका चार सिट मात्रै खोज्छन,’ पनेरुले भने, ‘जसले पनि एसी र डिलक्स बसकै टिकट खोज्छन् । साधारण टिकट त किन्नै मान्दैनन् । त्यसैले समस्या भएको हो ।’

तोकिएको भाडा मात्र तिर्न आग्रह

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले दशैँको अग्रिम बुकिङ खुल्ला भएको नागरिकन्युजलाई बताए। ‘यात्रुलाई टिकट खरिदमा सहज गराउन १२ वटा यात्रु सहयोगी डेस्क राखेका छौं’, उनले भने। पाण्डेका अनुसार तोकिएको भाडादर मात्रै तिरेर टिकट काट्न यात्रुलाई आग्रह गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले टिकट कट्दा विचौलियाको पछि नलाग्न अनुरोध गरेको छ। ट्राफिक प्रहरीले आवश्यक केही जानकारी चाहिए ट्राफिक हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज नयाँबसपार्क गोंगबु, गौशाला, कोटेश्वर,सुन्धारा, पुरानोबसपार्क रत्नपार्क, कलंकी, कुलेश्वरबाट अग्रिम टिकट बुकिङ भइरहेको छ। यातायात व्यवसायीले दशैँका लागि नै भनेर नयाँ सवारीसाधन नथपेको नागरिकन्युजलाई बताए।

फोटो/भिडियो: प्रबीन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App