४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री देउवा राजविराजमा

प्रधानमन्त्री देउवा। फाइल तस्विर

राजविराज—काँग्रेसका शीर्ष नेताहरुको टोली सहित प्रधान मन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलवार राजविराज आइपुगेका छन्। दुई नम्बर प्रदेशको स्थानीय चुनाव लक्षित गर्दै नेपाली काँग्रेसको चुनावी प्रचार अभियान प्रारम्भ गर्न उनी राजविराज आएका हुन्। 

दुई नम्बर प्रदेशमा भईरहेको स्थानीय चुनाव संविधान संशोधन पक्षधर र विरोधीहरुबीचको जनमत संग्रह जस्तै भएको बताए। 

राजविराजस्थित शिव मन्दिर प्रांगणमा नेपाली काँग्रेस सप्तरीले चुनावी सभा आयोजना गरेको छ। उक्त सभालाई सम्बोधन गर्दै प्रधान मन्त्रीले चुनाव प्रचार अभियान प्रारम्भ गर्ने नेपाली काँग्रेस प्रचार प्रसार समितिका संयोजक रमेश लेखकले जानकारी गराए। प्रधानमन्त्री सँगै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शेशांक कोईराला र पूर्व महामन्त्री बिमलेन्द्र निधिले समेत चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

मंगलवार विहानै राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेस प्रचार प्रसार समितिका संयोजक लेखकले मधेशका जिल्लाहरुमा काँग्रेसप्रति अपार जनसमर्थन देखिएको बताए। उनले दुई नम्बर प्रदेशमा भईरहेको स्थानीय चुनाव संविधान संशोधन पक्षधर र विरोधीहरुबीचको जनमतसंग्रह जस्तै भएको बताए। 

प्रधानमन्त्रीले आजै सिरहाको जिरोमाईल भन्ने स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता लेखकले जानकारी दिए। 

उप प्रधान मन्त्री गच्छदार पनि राजविराजमै 
चुनावी अभियानकै क्रममा उप प्रधान मन्त्री एवम् लोकतान्त्रीक फोरमका अध्यक्ष विजयकुमार गच्छदार पनि राजविराजमै छन् । उनी सोमवार साँझ नै राजविराज आईपुगेको हुन् । राजविराज स्थित आई गार्डेन होटलमा भेटघाट तथा छलफल गर्न विहानै देखि उम्मेदवार तथा स्थानिय नेताहरुको भिड लागेको थियो। 

यसैगरी पूर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल पनि आज राजविराज आउँदै छन्। चुनावी रणनीतिवारे स्थानिय नेता तथा पार्टीका संसदहरु संग छलफल गर्न उनी राजविराज आउन लागेको पार्टी निकटका स्रोतले जनाएको छ । 

 

प्रकाशित: २७ भाद्र २०७४ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App