बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

मङ्गलबार, २७ भदौ २०७४, १३ : ०७ नागरिक

धुलिखेल- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।  बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ । 


जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीका अनुसार मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ । “एकजनाको उपचारका क्रममा मृत्यु भएको छ, उसको नाम ठेगाना खुलेको छैन ।” प्रनाउ मरासिनीले भने, “घाइतेहरुको उपचार भइरहेको छ ।” 

घाइते हुनेहरुमा ललितपुर जिल्ला टौखाल–३ बस्ने सुरेन्द्र दंगाल, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–११ को दिलबहादुर चौलागार्इं, धुलिखेल नगरपालिका–११ बस्ने अञ्जना लामिछाने, नुवाकोट जिल्ला घर भई हाल बनेपा नगरपालिका–११ बस्ने सीतामाया तामाङ, काभ्रेपलाञ्चोक भगवतीस्थान घर भई हाल बनेपा पुलबजार बस्ने सुलोचना श्रेष्ठ, सोही ठाउँका रोशन श्रेष्ठ, बनेपा नगरपालिका–६ बस्ने सविना मगर, नमोबुद्ध नगरपालिका बस्ने सानुमाया लामा, रौतहट जिल्ला घर भई हाल बनेपा तीनधारा बस्ने रोजीना लामा, उनकी एक वर्षीया छोरी आयुसा लामा र बनेपा नगरपालिका–१० बस्ने ध्रुव खत्री रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरेन्द्र दंगाल र सीतामाया तामाङलाई ट्रमा सेन्टरमा सिफारिस गरी पठाइएको प्रहरीले जनाएको छ । बोलेरो अनियन्त्रित भई सडकबाट करिब ४०÷४५ मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad