४ वैशाख २०८१ मंगलबार
समाज

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे।

उपचारका लागि धरान पुर्याइएका ३३ जना मध्य ४ जनाकाे मृत्यु भएकाे हाे। अस्पतालमा मृत्यु भएका ४ मध्ये तेह्रथुम जिल्लाकाे फुलेक–६ की हाेमा पाैडेल र धनकुटाकाे बुढीमाेरङ गाविस ८ का सनम तामाङकाे परिचय खुलेकाे छ भने बाँकी दुर्इकाे परिचय खुल्न सकेकाे छैन्।

घटनामा घाइते ३० जना मध्ये २९ जनाकाे धरानमा र १ जनाकाे धनकुटामा उपचार भइरहेकाे छ।

घटनास्थलमै मृत्यु हुने ७ जना मध्ये पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा, धनकुटाको परेवा गाविस–७ की तारा बस्नेत र उनकी ३ वर्षीया छोरी, परेवाकै अतिमाया तामाङ र धरान उपमहानगरपालिका–२ का व्यापारी वेदप्रकाश अग्रवालकाे परिचय खुलेकाे छ।

संखुवासभाको मुढे शनिश्चरेबाट धनुकुटा आउँदै गरेको बा.२ ख. ७३६६ नम्बरको  यात्रुबाहक बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा अस्पताल र बीपी कोइरालाला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

करिब ५० यात्रु सवार उक्त बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।

 

प्रकाशित: १३ श्रावण २०७३ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App