coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

काठमाडौं- हनुमानढोका दरबारसँगै निर्माणाधीन व्यापारिक प्रायोजनको भवन मापदण्डविपरीतको भए पनि सरोकारवाला निकायले कारबाहीको चासो दिएका छैनन् । भवनको मपदण्ड अध्ययन गर्न खडा भएको समितिले मापदण्डविपरीत भएको भन्दै प्रतिवेदन बुझाइसक्दा पनि कारबाहीको प्रक्रिया थालिएको छैन ।
निर्माणाधीन भवन मापदण्डविपरीत भएको भन्दै स्थानीयले विरोध जनाएपछि मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौं, पुरातŒत्व विभाग, उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका र महानगर प्रहरी परिसर प्रमुखको संयुक्त बैठकले स्थलगत अध्ययन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार पुरातŒव विभागको संयोजकत्वमा गठित प्राविधिक टोलीले अध्ययन प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।
पुरातŒव विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार प्रतिवेदन बुझाइसकेपछि प्रशासन कार्यालयले कार्यान्वयन गर्छ । विभागले अघिल्लो साता नै प्रतिवेदन पठाएको हो । तर, कार्यालयले प्रतिवेदनबारे कुनै चासो देखाएको छैन ।
प्रतिवेदन आए पनि कार्य व्यस्तताले गर्दा हेर्न नपाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा जानकारी दिए । प्रजिअ शर्माले सबै निकायलाई बैठकमा बोलाएर प्रतिवेदनबारे छलफल गरी मापदण्डविपरीत भएको पाइएमा कारबाही गरिने बताए । छलफल यसै साता गरिने उनले बताए  ।
जुद्ध बारुण यन्त्रको उत्तरीपट्टि पहिला क्रिस्टल होटल रहेको उक्त ठाउँमा सो व्यापारिक भवन बनिरहेको छ । पुराताŒिवक मापदण्ड अनुसार त्यस क्षेत्रमा भवन बनाउँदा ३५ फिटसम्म मात्र बनाउनु पर्छ । भवन ३५ फिटभन्दा माथि भएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । अध्ययन प्रतिवेदन अनुसार ४ तलाको भवन स्वीकृति लिएको छ । प्रत्येक तलाको उचाइ ७ फिट ७ इन्च कायम राख्ने नक्सामा उल्लेख छ । तर, हरेक तलाको उचाइ १० फिट ७ इन्च कायम गरिएको छ । तीन तला बनिसक्दै भवनको उचाइ ३२ फिट ९ इन्च पुगिसकेको छ भने अझै एक तला थप्ने तयारी देखिन्छ ।
त्यसैगरी भवनमा कानुनविपरीत ९ फिट ७ इन्चको बेसमेन्ट निर्माण गरिएको छ ।  संरक्षित स्मारक क्षेत्र भवन निर्माण मापदण्डअनुसार बेसमेन्ट राख्न पाइँदैन । महानगरले पनि सो प्रवधानलाई बेवास्ता गर्दै बेसमेन्ट राख्न पाउनेगरी नक्सा संशोधन गराउन लगाएको छ । महानगर मापदण्डमा पनि स्मारक क्षेत्रलाई असर पर्ने गरी बेसमेन्ट स्वीकृती दिन नमिल्ने उल्लेख छ ।

प्रकाशित: २७ भाद्र २०७४ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App