७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

काठमाडौं- निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई ७ बुँदे निर्देशन दिइसकेको अवस्थामा ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेर सरकारले उक्त निर्देशन विपरित काम गरेको जनाएको छ।

'स्वच्छ, स्वतन्त्र, र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनसाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकोले मन्त्रिपरिषद विस्तार कार्यले निर्वाचनमा असर पर्न सक्ने हुँदा यस किसिमको कार्य नगर्न नगराउन आयोग सरकारलाई आग्रह गर्दछ', आयोगको विज्ञप्तिमा भनिएको छ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भदौ १४ देखि निर्वाचन आचारसंहिता लागु भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार भएको थियो। यस अघि आयोगले भदौ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ७ बुँदे निर्देशन दिएको थियो। उक्त निर्देशनको बुँदा १ मा 'नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने' उल्लेख गरिएको थियो। आयोगले मन्त्रिपरिषद विस्तार यो बुँदाको मर्म विपरित भएको जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७४ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App