७ वैशाख २०८१ शुक्रबार
अन्य

सन्दीपको कीर्तिमानः ६ रन दिएर ७ विकेट

म्याद अफ द म्याचको ट्रफीका साथमा सन्दीप लामिछाने। तस्विरः कमल खत्री

मलेसिया—नेपालले थाइल्यान्डलाई पराजित सोमबार बलर सन्दिप लामिछानेले सर्वाधिक ७ विकेट लिए। सन्दिप जारी प्रतियोगितामा एउटै खेलमा सर्वाधिक विकेट लिने खेलाडी समेत भएका छन्। उनले ७ विकेट लिर्दा मात्र ६ रन दिए।

'पानी कारण खेल छिटो सक्नु पर्ने थियो। कप्तानले मलाई विश्वास गरेर मौका दियो। मैले आफ्नो जिम्मेवारी पुरा गरेँ। टिमको अरु साथीले राम्रो गरेको छन्’, उनले भने।

जसले नेपाललाई खेल सहजै जित्न सहयोग गरेको थियो। नेपालले सुरुआतमा ब्याटिङ गरेर ७ विकेटको नोक्सानीमा २ सय ८१ रन बनाएको थियो। थाइल्यान्डले ब्याटिङ गर्ने बेलामा भने पानी पर्ने सम्भावना बढ्दै गएको थियो।

नेपाललले जति सक्दो छिटोे २० ओभर सम्म खेल्नु पर्ने थियो । २० ओभर खेले डर्कवर्थ लुइजको आधारमा नेपालले खेल जित्ने सम्भावना थियो। तर २० ओभर सम्म खेल कुर्दा पानीले खेल नहुने सम्भावना थियो। नेपाली टोलीका कप्तान दिपेन्द्र सिह ऐरीले सन्दिपले राम्रो बलिङ गरेपछि उनलाई धेरै मौका दिए। जसका कारण सन्दिपले ७ विकेट लिए भने त्यसले जीतका लागि महत्वपूर्ण भूमिका समेत निर्वाह ग¥यो।

नेपालले खेल जितेको करिब ८ मिनेटमा क्लब अमान रंगशालामा वर्षा भएको भयो।

टिमलाई जिताउन पाउँदा खुसी लागेको सन्दिपले बताए। उनले भने, ‘आज हामीले सोचेको जस्तै खेल्यो। पानी कारण खेल छिटो सक्नु पर्ने थियो। कप्तानले मलाई विश्वास गरेर मौका दियो। मैले आफ्नो जिम्मेवारी पुरा गरेँ। टिमको अरु साथीले राम्रो गरेको छन्’, उनले भने।

सन्दीप लामिछाने तिनै खेलाडी हुन् जसलाई अष्ट्रेलियाका प्रख्यात क्रिकेटर माइकल क्लार्कले तालिम दिएका थिए। उनी म्यान अफ द म्याच भए।

प्रकाशित: २६ भाद्र २०७४ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App