coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद बन्यो इतिहासकै जम्बो

राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउँदै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो। यो पटकको विस्तारसँगै देउवा मन्त्रिपरिषद नेपालको इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद बन्न पुगेको छ। देउवा मन्त्रिपरिषद ५४ पुगेको हो।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो। यो पटकको विस्तारसँगै देउवा मन्त्रिपरिषद नेपालको इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद बन्न पुगेको छ। देउवा मन्त्रिपरिषद ५४ पुगेको हो।

५४ सदस्यीय मन्त्रिपरिषद्लाई  कार्यालयको व्यवस्थापनमा समस्या छ। भूकम्पपछि सिंहदरबारको मुख्य भवन भत्केको छ। प्रधानमन्त्रीको कार्यालय पहिलो स्थानीय विकास मन्त्रालय भएको स्थानमा सारिएको छ। दुई-तीनवटा मन्त्रालयलाई एउटै भवनमा बस्न बाध्य भएको अवस्थामा ठूलो मन्त्रिपरिषद हुँदा एउटै कोठा पार्टेशन गरेर मन्त्रालयको नामाकरण गर्नुपर्ने अवस्था अाउन सक्छ। 

पछिल्लो समयमा थपिएका राज्यमन्त्रीले सबैलाई अहिलेसम्म कार्यालयको व्यवस्था गर्न सकिएको छैन। एउटा मन्त्रालयका दुई मन्त्रीलाई उत्तिकै स्थान र स्रोतसाधन उपलब्ध गराउन कठिन  हुन्छ। एउटालाई हेपेको महसुस हुन्छ। त्यसैबाट मनोमालिन्य सुरु हुन्छ। एउटा मन्त्रालयमा एकभन्दा बढी मन्त्रीको नियुक्त गर्नु भनेको शक्ति बाँडफाँट हो। तर नेपालको संस्कार त्यस्तो छैन। फाइल तानातान हुने, एकले गरेको कामको अर्कोले भाँजो हाल्ने, फाइल नै अड्काइदिने किसिमको व्यवहार हुँदै अाएको छ। 

प्रकाशित: २६ भाद्र २०७४ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App