coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवा सरकारमा थपिए  तीन मन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा तीन नवनियुक्त मन्त्रीलाई सपथ ग्रहण गराए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) बाट ३ जना मन्त्रीहरू देउवाको मन्त्रिमण्डलमा थपिएका हुन् । राप्रपाका संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद सुनिलबहादुर थापा उनको मन्त्रिमण्डलमा थपिएका हुन्।

बोहराले  विज्ञान तथा प्रविधि, विक्रम पाण्डेले वन तथा भू संरक्षण र थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएसँगै देउवाको मन्त्रिमण्डल ५४ सदस्यीय बनेको छ। 

 

प्रकाशित: २६ भाद्र २०७४ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App