coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले प्रतिबद्धता उल्लङ्घन गर्‍यो : विमलेन्द्र निधी

बालचन्द्र अधिकारी/सुरेश यादव

जनकपुर – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले एमाले मधेस विरोधी भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस धनुषाको मिडिया सेन्टरले सोमबार आयोजना गरेको पत्रकार सम्मलेलनमा बोल्दै उनले मधेसी जनता तर नेपाली काँग्रेस संघीयता चाहने तथा एमालेले देशमा संघीयता नचाहेको र मधेस विरोधी भएको बताए । 

कार्यक्रममा बोल्दै उनले एमालेले आफ्नो प्रतिबद्धता समेत तोडेको बताए । ‘संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको प्रस्ताव संसदमा पेश गरिएको हो । एमाले आफ्नो पूर्व प्रतिबद्धता विपरित उभिदा प्रस्ताव पारित हुन सकेन् । एमालेले संविधान जारी गर्ने बेलामा नै संसदमा असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने  प्रतिबद्धता जनाएको थियो तर अहिले आएर उक्त प्रतिबद्धता उल्लङ्घन गर्‍यो, ’ उनले भने,‘ असन्तुष्ट पक्षको मागलाई सम्बोधनका लागि संविधान संशोधनको प्रयास भइरहेको छ र भविष्यमा पनि भइरहने छ ।’ 

साथै उनले प्रदेश नम्बर दुईका जनतालाई मधेस विरोधी दलहरूलाई टाउको उठाउन नदिनुका साथै काँग्रेसको पक्ष र मधेस विरोधीको विपक्षमा उभिन समेत आग्रह गरे । ‘प्रदेश नम्बर दुईमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ, त्यसले गर्दा एमाले छटपटाइरहेको छ । तेश्रो चरणको स्थानीय चुनावमा १३६ तहमध्ये १०० तहमा जित हासिल गर्ने लक्ष्यका साथ काँग्रेस चुनावी प्रचारमा जुटेको  छ ।’ उनले भने,‘ मधेसको आर्थिक विकास र मधेसी जनताको अधिकारका लागि काँग्रेस हिजो पनि लागेको छ आज पनि लागिरहेको छ र भोली पनि निरन्तर रुपमा लागिरहन्छ । काँग्रेस मधेसी जनताको स्थायी मित्र शक्ति हो। ’ 

प्रकाशित: २६ भाद्र २०७४ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App