स्वास्थ्य क्षेत्रका भवन निर्माणमा ढिलासुस्ती

प्राविधिक टोली स्थलगत अध्ययनमा जाँदै

सोमबार, २६ भदौ २०७४, ०८ : ५४ सुबोध गौतम

काठमाडौँ – सहरी विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रका भवन निर्माणमा भइरहेको ढिलासुस्ती र निर्माण कम्पनीको बदमासी अध्ययन गर्न मंगलबार प्राविधिक टोली पठाउँदैछ । सहरी विकास मन्त्री प्रभु साहले गठन गरेको छानबिन समितिका तीनजना प्राविधिक स्थलगत अध्ययनमा जान लागेका हुन् । 

‘स्थलगत अध्ययन गरेर आएपछि ढिलासुस्तीको कारण पत्ता लाग्छ । त्यहीअनुसार कारबाही सिफारिस गर्छौं’, समितिका संयोजक तथा मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठले नागरिकसँग भने । उनले ढिलासुस्ती गर्ने निर्माण कम्पनीको कागजपत्र अध्ययन गरिसकेको जानकारी दिए ।

श्रेष्ठले सबैभन्दा धेरै ढिलासुस्ती पर्सा, बारा र रौतहटमा भएको बताउँदै पहिलो चरणमा यिनै जिल्लाको स्थलगत भ्रमणमा जान लागेको जानकारी दिए । ‘त्यहा“ पुगेर निर्माण स्थगित भएका र ढिलासुस्ती भइरहेका सबै भौतिक संरचनाको अध्ययन गरिन्छ । डिभिजन कार्यालयका पदाधिकारीस“ग पनि छलफल हुन्छ । त्यसको निचोड आएपछि कारबाही प्रक्रिया अघि बढ्छ’, उनले भने । 

श्रेष्ठले अन्य जिल्लामा दोस्रो चरणमा अध्ययन गर्ने जानकारी दिए । टोली २२ वटा भवन निर्माणको ढिलासुस्ती अध्ययनका लागि तीनवटा जिल्लामा जान लागेको हो । अन्य जिल्लामा थप एक सय ११ भवन वर्षौंदेखि बनेका छैनन । 

सहरी विकास मन्त्रालयका अनुसार ३१ जिल्लाका १ सय ३३ भवन सम्झौता भएको पाँचदेखि नौ वर्ष बितिसक्दा पनि बनेका छैनन् । यीमध्ये ३० वटा भवन बनाउने ठेक्का लिएका २४ ठेकेदार कम्पनी काम नगरेर भागेका छन् ।

सहरी विकास मन्त्रालयका अनुसार ३१ जिल्लाका १ सय ३३ भवन सम्झौता भएको पाँचदेखि नौ वर्ष बितिसक्दा पनि बनेका छैनन् । यीमध्ये ३० वटा भवन बनाउने ठेक्का लिएका २४ ठेकेदार कम्पनी काम नगरेर भागेका छन् ।

मन्त्रालयका अनुसार बारा, पर्सा र रौतहट पर्सा डिभिजन कार्यालयअन्तर्गत पर्छन् । यी तीन जिल्लामा २२ भवन निर्माणको काम वर्षौंदेखि रोकिएको छ । यीमध्ये ११ भवन निर्माणको ठेक्का लिएका कम्पनी काम बीचमै छाडेर भागेका छन् । भाग्नेमा अन्जना निर्माण सेवा प्रालि काठमाडौं, डिएस कन्स्ट्रक्सन, डाँफे/तिरुपति संयुक्त लगानी, बिरुवा कन्स्ट्रक्सन प्रालि बानेश्वर, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन, तौदह कन्स्ट्रक्सन, पप्पु/तिरुपति संयुक्त लगानी, विशाल एन्ड विराज कन्स्ट्रक्सन प्रालि जोरपाटी, शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा र म्याग्लुङ/तौदह/पञ्चकन्या संयुक्त लगानी छन् । यीमध्ये स्वस्तिक श्री विनायकले दुईवटा भवनको ठेक्का लिएको थियो । मन्त्रालयले उपलब्ध गराएको विवरणमा अधिकांश कम्पनीको ठेगाना खुलाइएको छैन।

यसैगरी सुर्खेत डिभिजन कार्यालयअन्तर्गत काम गर्ने जिम्म लिएका चार निर्माण कम्पनी भागेका छन् । यीमध्ये जीएम कन्स्ट्रक्सन काठमाडौंले २०६७/६८ मा दुई स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो । भाग्ने अन्य तीन कम्पनीमा मैनाचुली÷सुरुचि संयुक्त लगानी, फ्राइन्डस् कन्स्ट्रसन काठमाडौं र डा“फे÷विशाल संयुक्त लगानी छन् । जिएमले सुर्खेतको कटकुवा र जाजरकोट दल्लीको स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो । मैनाचुली/सुरुचिले २०६६/६७ मा सुर्खेतको गुटु उपस्वास्थ्यचौकी भवन निर्माणको काम लिएको थियो । फ्रेन्डस कन्स्ट्रक्सनले २०६८/६९ मा सुर्खेतको काफलकोटमा स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो । डाँफे/विशालले पनि २०६८/६९ मा जाजरकोटको दसेरा स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो ।

यसैगरी धनकुटा डिभिजन कार्यालयअन्तर्गतका चार आयोजनाका ठेकेदार पनि भागेका छन् । यीमध्ये हिमडुङ एन्ड थोकर संयुक्त लगानी कम्पनी धनकुटाले तेह्रथुमका मोराहाङ र पोक्लावाङ स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो । त्यस्तै च्याङमिला÷बिरुवा संयुक्त लगानीले २०६८/६९ मा संखुवासभाको चैतपुरमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणको ठेक्का लिएको थियो । यसले दोस्रो तलाको काम गर्दागर्दै छाडेको छ । २०६८/६९ मा धनकुटाको चुङमाङ स्वास्थ्यचौकी निर्माणको ठेक्का लिएको म्याग्लुङ÷पञ्चकन्या संयुक्त लगानी पनि काम बीचमै छाडेर भागेको छ । 

उदयपुर डिभिजन कार्यालयअन्तर्गत तीन आयोजना निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । २०६५/६६ मा उदयपुरको जिल्ला अस्पताल भवन निर्माण ठेक्का लिएको कन्काई/नेपाल प्रगति संयुक्त लगानी भवन निर्माण सम्पन्न गरेर अन्तिम बिल एवं कागजात लिई कार्यालयमा सम्पर्कमा नआएको विभागले जनाएको छ। 

त्यस्तै २०६७÷६८ मा सप्तरी डिभिजन कार्यालयअन्तर्गत सिरहाको औरही प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको ठेक्का लिएको पीएस÷विशाल एन्ड बिराज संयुक्त लगानी काठमाडौंले मूल्यवृद्घिसम्बन्धी विवादले गर्दा काम स्थगित गरेको छ । अर्को कम्पनी गीताञ्जली÷बीपी कन्स्ट्रक्सन संयुक्त लगानीले २०६८÷६९ मा ठेक्का लिएको सिरहाको सन्हैठा स्वास्थ्यचौकी भवन निर्माणको कार्य पनि स्थगित गरेको छ । यसले पनि मूल्यवृद्घिसम्बन्धी विवाद निकालेर काम स्थगित गरेको हो। 

डोटी डिभिजन कार्यालयअन्तर्गत दुई आयोजनाको काम स्थगित भएको छ । आशिष/जय गौरी संयुक्त लगानीले २०६७÷६८ मा अछामको बारला स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थिएको थियो तर फिनिसिङ, इलेक्ट्रिकल र स्यानेटरीको काम बा“की छाडेर कम्पनी सम्पर्कबाहिर छ । यसैगरी २०६८/६९ मा अछामकै मष्टमण्डली स्वास्थ्यचौकी निर्माणको ठेक्का लिएको आइएम कन्स्ट्रक्सन पनि भुइँतलाको ढलानमात्र गरेर काम छाडेको छ ।

काम बीचमै स्थगित गर्ने कम्पनीमा रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि पनि छ । यसले २०६७/६८ मा सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो तर काम अझै पुरा गरेको छैन ।

 रोल्पामा पनि एउटा आयोजना अधुरै छ । २०६७/६८ मा प्युठानको खवाङ स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको नेपाल प्रगति÷राप्ती÷उच्च हिमाल संयुक्त लगानीले भवनको दोस्रो तलाको काम गर्दागर्दै छाडेको छ । यसैगरी २०६८÷६९ मा दोलखाको लादुकमा स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको डाप्चा÷बारा संयुक्त लगानीले माथिल्लो तलाको पर्खालको काम सकेपछि बा“की काम स्थगित गरेको छ । 

मन्त्रालयका अनुसार काम छोडेर भागेका र स्थगित गरेका बाहेक लामो समयसम्म पनि निर्माण सम्पन्न नभएका भवन छन् । ३१ वटा डिभिजन कार्यालयअन्तर्गत १ सय ३३ भवन निर्माण भएका छैनन । यी भवन निर्माण एक वर्षभित्र सक्नुपर्ने सम्झौता भएको थियो । निर्माण कार्यको सम्झौता २०६५/६६ देखि २०६८/६९ को बीचमा भएको हो ।

‘पाण्डेको कम्पनी होइन’

कालिका कन्स्ट्रक्सन प्रालिका निर्देशक पदम गुरुङले खोटाङमा दुई स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का आफ्नो कम्पनीले नलिएको स्पष्ट पारेका छन् । ‘हामीले खोटाङमा कुनै पनि काम गरेका छैनौं, हाम्रै नामको अरु कुनै कम्पनीले काम गरेको होला’, उनले आइतबार नागरिकस“ग भने, ‘विक्रम पाण्डे सञ्चालक भएको कम्पनीले भवन निर्माणको कुनै पनि काम गर्दैन।’

सहरी विकास मन्त्रालयका पदाधिकारीले शुक्रबार पाण्डेकै कम्पनीले ठेक्का लिएको जानकारी दिएका थिए । तर खोटाङको निर्माण कार्यको जिम्मेवारी पाएको उदयपुर डिभिजन कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले भने कम्पनीको नाम कालिका नै भए पनि विक्रम पाण्डे सञ्चालक भएको कम्पनी नभएको स्पष्ट पारे। 

खोटाङमा मैनाचुली÷कालिका संयुक्त लगानीले आर्थिक वर्ष २०६८÷६९ मा दुई स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको थियो । यसले २०६९ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने जालपा र सावा कटरे स्वास्थ्यचौकी भवन निर्माण कार्य बीचमै छोडेर भागेको हो।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad