coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् विस्तार आचारसंहिता उल्लंघन : आयोग

काठमाडौं – निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ । 
निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएको मानिनेछैन । सरकार कसरी अघि बढ्छ । त्यसैअनुसार प्रतिक्रिया आउनेछ,’ दाहालले भने ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोग ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए । ‘सरकार भोलि (सोमबार) कसरी अघि बढ्छ त्यसैअनुसार प्रतिक्रिया आउनेछ,’ यादवले भने। 

निर्वाचन परिणाम प्रभावित गर्नेगरी कुनै पनि निर्णय गर्न सरकारलाई आचारसंहिताले रोक्छ । सरकारले आयोगको स्वीकृतिबेगर कुनै पनि सरकारी अधिकारीको सरुवा र नयाँ नियुक्ति गर्न पाउँदैन। 

पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा कसैलाई मन्त्री बनाउन नसकिने बताए । ‘चुनाव मिति घोषणा भइसकेपछि मन्त्रिपरिषद् विस्तार गरे आचारसंहिता उल्लंघन हुन्छ । आचारसंहिता पालना गर्नु सरकारको प्रमुख जिम्मेवारी हो,’ गुरुङले भने । यस्तो घटनाले निर्वाचन आयोगका निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउने बताए । ‘सरकारले आचारसंहिता उल्लंघन गरे अन्य दल पनि त्यही बाटोमा लाग्नेछन् । यसले देशमा द्वन्द्व जन्माउनेछ,’ उनले भने । गुरुङले मन्त्रिपरिषद् विस्तार निर्वाचन प्रभावित गर्न राज्यको शक्ति र स्रोतका दुरुपयोग हुने बताए। 

प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै मन्त्रिपरिषद् विस्तार आचारसंहिता उल्लंघन भन्दै सरकारी तयारीको आलोचना गरेको थियो।

 

प्रकाशित: २६ भाद्र २०७४ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App