पेस्तोल सहित भारतीय नागरिक पक्राउ

आइतबार, २५ भदौ २०७४, १७ : ०७ रितेश त्रिपाठी

 वीरगन्ज- वीरगन्जको रामटोलबाट मोटरसाइकल चेकजाँचको क्रममा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

भारत बिहारको रक्सौल नगरपञ्चायत मौजे टोला घर भएका महमद सम्शेरले चलाएको बिआर २२ एम ३६६३ नम्बर मोटरसाइकलबाट शनिबार राति १० बजे उक्त हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  

प्रहरीका अनुसार पक्राउ परेका सम्शेर यसअघि वीरगन्ज क्षेत्रमा बिभिन्न अपराधिक घट्नामा संलग्न ब्यक्ति हुन्। वीरगन्जमा दशैतिहारको मौकामा लुटपाट गर्ने मनसायले हतियार लिएर उनी पसेको प्रहरीले आशंका गरेको छ। २०६८ असार १४ मा वीरगन्ज माइस्थानस्थित अलंकार ज्वेलर्स भन्ने गहनापसलमा सात जनाको समूहमा आइ लुट्ने प्रयास गरी रहँदा पक्राउ परेका ४ जनामध्ये उनी पनि एक हुन्।

सो मुद्दामा हातहतियार तथा खरखजना ऐन अनुसार पर्सा जिल्ला अदालतबाट २०६८ साउन १९ मा ४ बर्ष जेल सजाय पाएका सम्शेर डेढ बर्ष अगाडी कारागारबाट बाहिरिएका हुन् । वीरगन्जमा बेलाबेलामा सीमापारीका अपराधिक गिरोहरुले आतंक फैलाउने र अपराधिक घट्ना गर्ने गरेका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad