coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

याङ्गुन –  म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन्। 

“अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए) ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ”, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ। 

युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट प्रभावित क्षेत्रमा जान पनि पाइने व्यवस्था गरिएको पनि उक्त ट्विटमा उल्लेख गरिएको समाचारमा जनाइएको छ। 

सम्पूर्ण सहयोगी निकाय तथा मानवतावादीहरुले मानवीय संकटमा परेका पीडितहरूलाई सहयोग गर्न सक्नेगरी खुल्ला गरिएको सो समूहले जनाएको छ । युद्धविराम आउदो अक्टोबर ९ तारिख सम्म मात्र रहने पनि उक्त संगठनले स्पष्ट पारेको छ। 

यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो सङ्ख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएकाले मानवीय सहायताको आवश्यकता देखिएको छ। 

एआरएसएले सिधै पाठकसम्म पुग्नेगरी ट्विटरबाट वक्तव्य दिएको यो पहिलो पटक हो । आइतबार जारी वक्तव्यमा अटा गल्लाहले हस्ताक्षर गरेका छन्। उनी म्यानमार र बङ्गलादेशको सिमाना क्षेत्रमा खटिएका ती लडाकूहरुका कमाण्डर हुन्।

सुरुमा स्थानीय हाराकाह अल याक्विनका नामबाट चिनिने एआरएसएले गत अगस्ट २५ को आसपासमा उत्तरी राखिन राज्यका झण्डै ३० ओटा प्रहरी कार्यालयमा हजारौँ लडाकूलाई परिचालन गरेर आक्रमण गरेको थियो। 

बङ्गलादेशमा विस्थापित भएका रोहिङ्गा शरणार्थीहरूले सुरक्षाकर्मी र राखिनका आदिवासी बौद्धमार्गीहरूले सयौँ गाँउमा आगजनी गरेका थिए। 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समूदायमाथि भएको यस आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन्। विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार विना नै बसेका छन्। 

म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबीगर्दै आएको छ । सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ। 


ज्यादति भएको भन्नु हल्लामात्र– सुकी 

उता म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरेको बताएकी छिन्। 

उनले पछिल्लो समयमा म्यानमारका केही सोसियल मिडिया एवम् विदेशी मिडियाले सैनिक ज्यादती भएको भनेर यसको गलत रुपमा प्रचार गरिरहेका बताएको समाचारमा जनाइएको छ। 

उनले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गरेकी छिन्। उनले यस्तो कुनै दुव्र्यवहार उनीहरुमाथि नभएको पनि स्पष्ट पारिन् । 

विदेशमन्त्री सुकीले ती समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनैपनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि स्पष्ट गरेको प्राप्त समाचारमा जनाइएको छ। 

प्रकाशित: २५ भाद्र २०७४ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App