coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीबाट लाखौंको क्षति

बिहीबार विहान गमगढी बजारमा एक घरमा आगलागी हुँदा निस्किएको धुवाँको मुस्लो। तस्बिरः सुमन मल्ल

सुमन मल्ल
मुगु–बिहीबार विहान ९ बजे सदरमुकाम गमगढी बजारस्थित एक घरमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ। कार्कीबाडा गाविस–२ हस्तबहादुर भामको घरको तेस्रो तलामा लागेको आगोले कोठा भाडा लिइ बसेका श्रीनगर गाविस– २ का खडकबहादुर मल्लको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। मल्लको भान्साबाट निस्किएको आगोले घरको तेस्रो तलामा रहेका सबै कोठाहरु जलेका छन्।

आगलागी नियन्त्रण गर्न गमगढी बजारका स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। विहान ९ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो। आगोले धनमालको ठूलो क्षति गरेपनि मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। आगो कसरी लाग्यो भन्ने केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १३ श्रावण २०७३ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App