८ वैशाख २०८१ शनिबार
समाज

खोलामा डुबेर दुई युवतीको मृत्यु

कपिलवस्तु – जिल्लाको यशोधरा गाउपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ। 

कुचो बनाउने घाँस काट्न गएका उनीहरूको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावती पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएकोे प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: २५ भाद्र २०७४ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App