लण्डन–इङल्याण्डको फुटबल संघले अबदेखि एफए कपमा चार अतिरिक्त खेलाडी खेलाउन पाउने नियम ल्याउन लागेको बुधबार जनाएको छ । संघका अनुसार उक्त नियम समुह चरणका खेलहरुमा नभई क्वाटरफाइनदेखिका खेलहरुमा लागू हुनेछन् । क्वाटरफाइनलमा प्रवेश गरेका टोलीले खेलको निर्धारित ९० मिनेटको समयमा तीन अतिरिक्त खेलाडीको प्रयोग गर्न सक्छन् भने चौथो अतिरिक्त खेलाडी भने अतिरक्ति समयमा मात्रै प्रयोग गर्न सक्नेछन् ।
यस नियम क्लबले क्वाटरफाइनल , सेमिफाइनल तथा फाइनलमा मात्र प्रयोग गर्न पाउने छन्। साथै एफए कपको क्वाटफाइनलका खेलहरु नकआउटको नियम पनि लागू गर्ने उसले बताएको छ। यस नियमको अनुमतीका लागी अन्तराष्ट्रिय फुटबल एसोसीएसन बोर्डले अध्ययन गरीरहेको जनाएको छ ।
प्रकाशित: १३ श्रावण २०७३ ०६:२५ बिहीबार