८ वैशाख २०८१ शनिबार
कला

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

तस्बिर : अरुण आर्यन चौधरी

सिड्नी- अष्ट्रेलियामा बसोबास गर्दै आएकागायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको नृत्य समूह द नेक्स्टले अभिनय गरेको छ। गीतको भिडियोमा समूहका प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियालगायतले नृत्य गरेका छन्।

भिडियोलाई प्रदीप लामाले निर्देशनको साथै भिडियो सम्पादन पनि गरेका छन्।  यसका शब्द तथा संकलक चिन्तामणी शर्मा हुन् । ‘दुनियाँ बेग्लै छ’ बोलको गीतले राम्रो चर्चा पाएको गायक आचार्यको देउडा गीत ‘चट्ट सलाम छ’ पनि धेरैले मन पराएका थिए।

प्रकाशित: २४ भाद्र २०७४ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App