८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसी दलबाट पहाडी मुलका उम्मेदवार

रौतहट- मधेसमा मधेसकै राजनीति गर्ने दलहरुले स्थानीय तहको निर्वाचनमा पहाडी मुलका उम्मेदवार उठाएका छन्। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले मेयर र वडाध्यक्ष पदमा पहाडी समुदायका उम्मेदवार बनाएका छन्। राजपाले रौतहटको कटहरिया नगरपालिकाको मेयर पदमै प्रदीपविक्रम शाहलाई उम्मेदवार बनाएको हो । पिपरा पोखरियामा एकै घरपरिवार रहेका उम्मेदवार शाह पहिले पनि गाविस अध्यक्षमा निर्वाचन जितेका थिए । गाउँमा लोकप्रिय रहेका शाह मधेस आन्दोलनमा तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट सक्रिय भूमिका निर्वाह गरेका थिए । पहाडी अनुहार भए पनि रौतहटको पुरानो बजारबाट उम्मेदवार बनाइएका शाह आफूले निर्वाचन जित्ने दाबी गरेका छन्।

जिल्ला सदरमुकाम गौरमा पनि वडाध्यक्ष पदका लागि चारजना पहाडी अनुहारले प्रतिस्पर्धा गरेका  छन्। पहाडी अनुहारमध्ये दुईजना मधेसवादी पार्टीबाट छन्। संघीय समाजवादी फोरम नेपालले गौर नगरपालिकाको वार्ड नम्बर ५ को वडाध्यक्षमा अनील थापालाई उम्मेदवार बनाएको छ भने नेपाल लोकतान्त्रिक फोरमले वडा नम्बर ५ कै वडाध्यक्षमा मनोज शर्मा बाहुनलाई उम्मेदवार बनाएको छ ।

अल्प संख्यामा पहाडीहरु सदरमुकाम गौरमा रहे पनि राजनीति र समाजसेवामा सक्रिय रहेका कारण विभिन्न दलहरुले उम्मेदवार बनाएका हुन्।

प्रकाशित: २४ भाद्र २०७४ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App