७ वैशाख २०८१ शुक्रबार
समाज

नुवाकोटको बस दुर्घटनामा मृतककाे संख्या ७ पुग्यो

काठमाडौँ – नुवाकोटको थानाभञ्ज्याङमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। काठमाडौँबाट खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस थानाभञ्ज्यामा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी मृत्यु हुनेहरूमा ५७ वर्षीय लालबहादुर तामाङ, ३५ वर्षीया उजेली मिजार, २२ वर्षीया सबिना तामाङ,  विदुर नगरपालिका ९ की २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका ५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, तादी गाउँपालिका ५ की  ६७ वर्षीया ठूलीमाया तामाङ र तादी गाउँपालिकाका २८ वर्षीय नवराज विक रहेका छन्।

घाइतेहरूमध्ये २० जनाको ग्रिनसिटी हस्पिटल, ८ जनाको ग्राण्डी हस्पिटल, एकजनाको विपी स्मृति हस्पिटल, र एक जनाको चिरायू हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ। 

 

प्रकाशित: २४ भाद्र २०७४ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App