coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपभोक्ता समितिका अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट

जुम्ला- खलंगा स्थित साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु वुढ्थापाले विद्युतकै कर्मचारी माथि कुटपिट गरेका छन्। अध्यक्ष वुढ्थापाले साना जलविद्युत उपभोक्ता समितीका कार्यालय प्रमुख हर्क वोहोरालाई विग्रेको विद्युत मर्मत गर्दै गर्दा एक्कासी कुटपिट गरेका हुन । कार्यालय प्रमुख वोहोराले विद्युतमा काम गरेको दशक वितिसकेको छ ।

विद्युतका अध्यक्ष वुढ्थापाले विद्युत मर्मत गर्दै गर्दा विद्युत गृहमा पुगेर आफुलाई नसोधेर कार्य अघि वढाएको भन्दै हातपात गरे पीडित हर्क बोहोराले बताए।  

अध्यक्षको कुटपिट पछि बेपत्ता बोहोरा दुई दिन पछि घर फर्केका छन्। कार्यालय प्रमुख वोहोराले अनाहकमा अध्यक्ष वुढ्थापाले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा जिउधनको सुरक्षा गर्न र दोषी उपर कार्वाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

'म संग अध्यक्ष वुढ्थापाको कुनै रिसराग छैन', उनले भने, एक्कासी ईमान्दारपुर्वक काम गरेको कर्मचारीमाथी हातपात हुनु दुखद पक्ष हो।' अध्यक्षको कुटाईवाट उनले अनुहारमा चोट लागेको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।

विद्युतका अध्यक्ष विष्णु वुढ्थापाले २१ गते राति अकस्मात मेसिन जलेपछि विद्युत आपुर्ति वन्द भएको र कर्मचारीलाई फोन गर्दा नउठाएकोले आफु आक्रोशमा आएको बताए। विद्युत कार्यालयमा कर्मचारीको लापरवाही भएको र डयुटी एकको तर काम अर्कै गरेको भेटिएकोले आफुले बाध्य भएर यस्तो कदम चाल्नु परेको उनले दाबी गरेका छन।

 

प्रकाशित: २४ भाद्र २०७४ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App