तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

शनिबार, २४ भदौ २०७४, १२ : ४४ नागरिक

धनगढी –  कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन्। 

खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ । तर आर्थिक अवस्थाका साथै शिक्षा दिनुपर्छ भन्ने चेतना कतिपय परिवारमा नहुँदा अझै पनि विद्यालय पढ्ने उमेरका कतिपय बालबालिका विद्यालय बाहिर रहेका हुन्। 

आर्थिक समस्याका साथै, बसाइँसराइ गरिरहने, कामको खोजीमा बाहिरिने विपन्न समुदायका केही परिवारका बालबालिका विद्यालयको पहुँचमा आउन नसकिरहेको जिल्ला शिक्षा अधिकारी मानसिं विष्टले बताए। 

कैलाली जिल्लालाई चालु शैक्षिक शत्रभित्र साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ। पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशत साक्षरता नाघेको हुनुपर्ने बताइन्छ। 

बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउन शिक्षा कार्यालय, विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँदै आएको भए पनि यी अभियान केवल औपचारिकतामा मात्रै सीमित हुने गरेको कतिपयको भनाइ छ। 

सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन नसक्नुमा विद्यालय, शिक्षक, अभिभावक, समाजसेवी र राजनीतिक नेता कार्यकर्ता सबै जिम्मेवार रहेकाले सरोकारवाला सबैले गम्भीर बन्न जरुरी रहेको पञ्चोदय उच्च माविका प्राचार्य पदमसिं कुँवर बताउँछन्। 

“वर्षेनी सञ्चालन हुने विद्यालय भर्ना अभियान पनि प्रभावकारी नदेखिँदा समस्या देखिएको छ” प्राचार्य कुँवरले भने– “विद्यालयमा व्यानर टाँगेर कर्तव्य निर्वाह गरेको र रीत पुर्‍याएको जस्तो गरी विद्यालय भर्ना अभियान गर्ने गरेको देखिँदा विद्यालय भर्ना अभियान अपेक्षाकृत सफल देखिएको छैन।” 

सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि छात्रछात्राबाट खेलकुद, पुस्तकालय, परीक्षालगायतका शीर्षकमा विद्यालयले आफुखुशी शुल्क लिने गरेकाले पनि समस्या देखिने गरेको छ। जसका कारण आर्थिक रुपमा पछि परेका सीमान्तकृत जनजाति, सुकुम्बासी, मुक्तकमैया समुदायका बालबालिका विद्यालय बाहिर रहनु पर्ने अवस्था रहेको छ। 

कुन समुदायका कति बालबालिका विद्यालयको पहुँचबाट टाढा छन् भन्ने यकिन तथ्याँकको पहिचान हुन नसक्दा विद्यालय भर्ना अभियानले सोचेजस्तो सफलता पाउन नसक्दा कतिपय बालबालिका शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने अवस्था रहेको धनगढी उच्च माविका प्राचार्य लक्ष्मणदत्त भट्ट बताउँछन्। 

कैलाली जिल्लामा निजी क्षेत्रका विद्यालयबाहेक ५६५ वटा सामुदायिक विद्यालयमा एक लाख ६५ हजार छात्रछात्रा अध्ययनरत रहेका छन्। रासस 






यसमा तपाईको मत

अन्य समाचार

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

नाडा प्रतिनिधि र अर्थ मन्त्री विच छलफल

नाडा प्रतिनिधि र अर्थ मन्त्री विच छलफल

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ९ सदसिय नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री डा. युवराज खतिवडासंग भेटी फेयर...

Ncell Footer Ad