७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अाेबामाले भने- ट्रम्पसँग कुनै याेजना छैन

फिलिडेल्फिया–अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेद्वार बनेका डोनाल्ड ट्रम्पसँग कुनै योजना तथा नीति तथा कार्यक्रम नभएको आरोप लगाएका छन्।

एनबिसिको टुडे शोसँग कुरा गर्दै ओबामाले भने, ‘ट्रम्पसँग कुनै राष्ट्रिय नीति तथा त्यसको निश्चित समाधान छैन, उनी केबल अरुको ध्यान आफूतर्फ खिच्न मात्र चहान्छन्।’ ओबामाले ट्रम्पलाई विश्व राजनीतिका बारेमा कुनै ज्ञान नभएको र उनले यसका बारेमा कहिले नसोचेको आरोप लगाए। ओबामाले भने, ‘मलाई लाग्दछ रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचनको उमेद्वार रहेका उमेद्वारलाई परमाणु हतियारको बारेम धेरै ज्ञान छैन न त उनीसँग मुस्लिम समुदायका सुन्नी र सिया मुसलमानको भिन्नताका बारेमासमेत उनलाई थहा छैन।’

अाेबामाले यस अघि नै डेमोक्रयाटिक पार्टीकातर्फ बाट राष्ट्रपतिको उमेद्वार रहेकी हिलारी क्न्टिनलाई सहयोग गर्ने घोषणा गरिसकेका छन्। उनले बिहीबार फिलिडेल्फिया डेमोक्रयाटिक पार्टीको महाधिवेशनमा सम्बोधन गर्देछन्।

 

प्रकाशित: १३ श्रावण २०७३ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App