८ वैशाख २०८१ शनिबार
समाज

बाढीपीडितलाई शैक्षिक संस्थाको रु नौ लाख सहयोग

भक्तपुर – तराईका बाढीपीडितलाई यहाँका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन्। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयबाट रु छ लाख ३० हजार संकलन गरेको थियो । सदस्य विद्यालयले भने शिक्षक, अभिभावक र विद्यार्थीबाट बाढीपीडितको सहयोगार्थ भन्दै स्वेच्छिक सहयोग आह्वान गरेको थियो। 

विद्यालयबाट संकलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत सरकारलाई बुझाइने प्याब्सन भक्तपुर अध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिए। 

यता नेशनल प्याब्सनले पनि आफ्ना सदस्य विद्यालयमार्फत रु एक लाख ३० हजार संकलन गरेको नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले जानकारी दिए। 

एभरेष्ट इङ्लिस स्कुल मिवाछें भक्तपुरले शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलित रु एक लाख एक हजार १११ र एभरेष्ट स्काउट एकाइबाट रु ३० हजार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको एभरेष्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जानकारी दिए। 

त्यसैगरी सूर्यविनायक नगरपालिका जगाती भातेढिकुरस्थित मदरल्याण्ड इङ्लिस स्कुलले बाढीपीडितका लागि रु ५० हजार सहयोग गरेको प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए। रासस 

प्रकाशित: २४ भाद्र २०७४ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App