coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

पुस्क अंश : त्यस बखतको काठमाडौं

चीजकुमार श्रेष्ठ

 

पढ्न भनेर २०१२ सालमा पहिलोचोटि काठमाडौं आउँदा पनि घरमा मनाउन साह्रै गाह्रो भएको थियो । मसँगै पढ्ने काइँला काका विष्णुकुमार श्रेष्ठले अब पढ्दिनँ भनेपछि घरमा मलाई मात्रै एक्लै पढ्न नपठाउने कुरा भयो । अनि मैले काकालाई फकाउन थाले“ । काकाले भन्नुभयो, ‘त्यहाँ गएपछि आफै““ भात पकाउनुपर्छ, भाँडा माझ्नुपर्छ, लुगा धुनुपर्छ, यहाँ यस्तो आनन्द छ, म त पसलमा काम गर्छु, पढ्न जान्नँ ।’
मैले भने“, ‘बरु भाँडा माझ्ने, भात पकाउने र लुगा धुने काम मै गर्छु ।’ साह्रै कर गरेपछि तयार हुनुभयो । अनि बल्ल हामी काठमाडौं आयौ“ ।

१० दिन पैदल हि“डेर काठमाडौं आइपुगियो । काठमाडौंमा देखेको पहिलो अनौठो कुरा दुइटा नाग्लो जोडेर गुड्ने चिज थियो, जसले मलाई तर्साइदियो ।

त्यो बेला काठमाडौं आउँदा हि“डेरै आउनुपथ्र्यो । हामी १०औ“ दिनमा आइपुगेका थियौ“ । यता भर्ना हुने समय घर्किसकेको थियो, र पनि चोकको मामा, काका र १२ भरिया भएर हामी यहाँ आयौ“ । २०१२ चैतमा चामलसामल ओढ्ने–ओछ्याउने गुन्टासुन्टा बोकेर आयौ“ ।
बाटोमा तीन ठुल्ठूला उकाला पर्थे । ती उकालामा भरियाले हामीलाई बोके । पहिलो दिन सतीघाट तरेर गाईखुरबेसी भन्ने ठाउँमा बास बस्यौ“ । अर्को दिन गोरखाकै चोरकाटे भन्ने ठाउँमा बास बस्यौ“ । त्यहाँ उहिले जमानामा चोर काटेको रैछ, नामै चोरकाटे रह्यो ।
त्यस बखत नोटको त्यति चलन थिएन । सिक्का मात्रै चल्थ्यो । हाम्रा हरेक भरियाले एक–एक हजारका सिक्का बोकेका थिए, हामी कहा“ कहा“ बास बस्यौ“, अहिले याद छैन । कसैको घरको पिँढीमा बास पाइएको थियो । यसरी बास बस्दा दाउराको अलिअलि पैसा दिइन्थ्यो । खानेकुरा आफै““ बोकेर लगिएको हुन्थ्यो । आँगनको छेउछाउमा अगेनु बनायो, पकायो, खायो । आरुघाटबाट नुवाकोटको त्रिशूली, त्यसपछि बास बस्दैबस्दै जितपुरफेदी, त्यहाँबाट झरेर बालाजु निस्केर आएका हौ“ ।
मैले पहिलोचोटि साइकल देखेको त्यही बेला हो । मलाई साइकलबारे केही थाहा थिएन । कतै पढेको सुनेको, फोटो देखेको थिइनँ । कस्तो हुन्छ भन्ने थाहा पनि थिएन । हामी बालाजुभन्दा अलिकति माथि आइपुगेका थियौ“ । मामाले साइकल यस्तो हुन्छ, घन्टी हुन्छ, घन्टी बजाउँदा तर्सनुहुन्न, पाखे भन्छन् भनेर सम्झाउनुभएको त थियो ।
बालाजु आइपुग्ने बेला घन्टी बजेको सुनियो । यसो पछाडि हेरेको त दुइटा नाङ्लो जोडेको जस्तो चिज गुडुल्किएर मैतिर आइरहेको थियो । अब यो मैमाथि खनिन्छजस्तो लाग्यो । म त आबुई भनेर उफ्रिएँछु । पछि मामाले गाली गर्नुभयो । पाखे जसरी उफ्रिने भन्नुभयो । त्यस बेला मोटर एकदमै कम देखिन्थे । दिनमा दुई–चार वटासम्म देखिन्थ्यो ।

राणाजीको हुकुमले आइए पास
काठमाडौं आइपुग्नुको पनि एउटा प्रसंग छ । काठमाडौंका बोधविक्रम अधिकारी नेपालीमा एमए गर्ने नेपालको पहिलो व्यक्ति थिए । उनी दरबारमा पढाउँथे पनि । उनले लेखेको नेपाली दन्त्यकथा भन्ने किताब हामीले कोर्समा पढेका पनि हौ“ ।
२००४÷५ सालमा प्रधानमन्त्री भएपछि पद्मशमशेरले शिक्षा आवश्यक छ भनेर राष्ट्रव्यापी आधार शिक्षा भन्ने अभियान सुरु गरे । यसमा ९, १० कक्षा पढेका वा एसएलसी पास गरेका विद्यार्थीले गाउँमा गएर कमसेकम दुई वर्ष पढाउनुपर्ने व्यवस्था थियो ।
बोधविक्रमका दुईजना छोरा गुणविक्रम अधिकारी र कल्याणविक्रम अधिकारी, एसएलसी पास गरिसकेका थिए । कल्याणविक्रम गर्भनर र मुख्यसचिव पनि भए गुणविक्रम पहिले शिक्षण व्यवसायमा र पछि सरकारी जागिरमा लागे ।
दरबारका गुरु भएकाले बोधविक्रमका छोरालाई पनि गाउँमा पठाउनुप¥यो भन्ने कुरा भएछ । बूढा घरमा आएर भनेछन्, ‘यस्तो यस्तो उर्दी छ, यिनीहरू दुवैजनालाई गाउँमा पठाउनुपर्ने भयो ।’ गुणविक्रम, कल्याणविक्रम दुवैजना रुँदै भन्न थालेछन्, ‘हामी जान्नौ“ ।’
बूढाले भनेछन्, ‘रोएर यहाँ चल्दैन, सरकारको हुकुम हो, मैले भन्यो भने त मेरो जागिर पनि जान्छ, तिमीहरूलाई दरबार लगिदिन्छु तिमीहरू नै गएर बिन्ती गर ।’
उनीहरूलाई दरबार लगिदिएछन् । उनीहरूले भनेछन्, ‘सरकार हामी त पढ्छौ“, हामी गाउँ जान्नौ“ ।’ पछि पढौँला, अहिले दुई वर्ष जाऊ भनेछन् । उनीहरू रोईकराई गरेछन् के–के भनेछन्, त्यसपछि उनको मन पग्लिएछ क्यारे, दुईमध्ये एकजना यही“ बसेर पढ, एकजना त जानैपर्छ भनेछन् । त्यसपछि दाइ गुणविक्रम गाउँ जाने, भाइ कल्याणले पढ्ने सल्लाह भएछ । तर, गुणविक्रमले मानेनछन् ।
‘म दुई वर्षपछि आउँदा त भाइले आईए गरिसक्छ,’ भनेर रुन थालेछन् । बोधविक्रमले भनेछन्, ‘जा तै“ले नै बिन्ती गर ।’ गुणविक्रम फेरि दरबार गएर रुन थालेछन्, ‘मैले पनि पढ्न पाऊँ सरकार, दुई वर्षपछि म आउँदा भाइले आईए पास गरिसक्छ ।’
पद्मशमशेरले सोधेछन्, ‘के तँलाई आईए हुन मन लाग्यो ?’ उनले भनेछन्, ‘हो, सरकार ।’ त्यस बेला शिक्षा समिति भन्ने हुन्थ्यो । त्यसको डाइरेक्टर जनरल मृगेन्द्रशमशेर थिए । पद्म शमशेरले मृगेन्द्रशमशेरलाई तुरुन्तै दरबारमा बोलाएछन् र भनेछन्, ‘ल यसलाई आईए हुन मन लाग्यो रे, यसलाई सर्टिफिकेट दे ।’ मृगेन्द्रले तत्कालै गुणविक्रमलाई आईए पासको सर्टिफिकेट दिएछन् । ‘दुई वर्षपछि आउँदा तेरो भाइ भर्खर आईए हुन्छ तँ अहिले नै भइस्, जा,’ उनले गुणविक्रमलाई भनेर पठाइदिएछन् । यसरी गुणविक्रम गाउँ जान तयार भए । जान त जाने तर कहाँ जाने ? अनि, बोधविक्रमले आफ्नो पुख्र्यौली घर तनहुँको बयापानी सम्झिएछन् । पछि बन्दीपुर सदरमुकाम पनि भएको, स्कुल पनि राम्रै, बजार पनि भएको, बन्दीपुर नै सजिलो हुन्छ भनेर छानेछन् ।
बन्दीपुर आइपुगेपछि बस्ने घर खोज्दै गुणविक्रम कसरी कसरी हाम्रै घरमा आइपुगेछन् । हाम्रै घरमा बसेछन् । मेरा काकासँग मीत पनि लगाएछन् । यसरी उनी मेरा पनि मीतकाका बने । मीत काकाको त्यही नाताले पहिलोपल्ट काठमाडौं आउँदा हामी गुणविक्रम अधिकारीको घर पकनाजोल पुग्यौ“ । उनकै घरमा बस्यौ“ ।
मीत काकाको घर पकनाजोल मुख्य सडकबाट भित्रपट्टि थियो, ठूलो कम्पाउन्डसहितको । त्यहाँ तीन–चार दिन बस्यौ“ । त्यही“नजिकै उनले नै डेरा खोजिदिएपछि महिनाको १२ रुपैयाँ भाडा तिर्नेगरी सरियो । एउटा कोठा, एउटा सानो भान्सा । तल छिँडीमा एउटा साझा चर्पी थियो ।
त्यतातिर जाँदाखेरी अहिले पनि म हेर्छु– त्यो घर अहिले पनि छ । अलिअलि रङचाहि“ लगाएको छ । अलिपछि हामी अर्को घरमा सरेका थियौ“ ।
त्यस बेला काठमाडौंमा दुइटा स्कुल सबभन्दा राम्रा मानिन्थे– जुद्धोदय र पद्मोदय । हामी बसेको ठाउँबाट क्षेत्रपाटी जुद्धोदय नजिक थियो । त्यही“ भर्ना हुन गयौ“ । हामी ढिलो पुग्यौ“ । कक्षा फागुनमा सुरु हुन्थ्यो । हामी त चैतको अन्त्यतिर गएका थियौ“ । दुई महिना ढिलो भयो ।
कहाँबाट आएको हो ? भनेर सोधे । गाउँको स्कुलमा भनेपछि हुँदैन भने । ज्यान गए लिएनन् । हामी त यही“ पढ्न भनेर बन्दीपुरदेखि आएको सर भन्यौ“ । अनेक ग¥यौ“ । मान्दै मानेनन् ।
जति जोड गरे पनि लिन नमानेपछि आखिरमा लैनचौरमा योगनाथ प्याकु¥यालको हाइस्कुल शान्ति विद्यागृहमा पुग्यौ“ । यो स्कुलको त्यति नाम चलिसकेको थिएन । हामी त्यही“ भर्ना भयौ“ ।
सुरुका केही दिन त साह्रै न्यास्रो लाग्यो । घर जाऊँजाऊँ लाग्यो । बन्दीपुरमै रमाइलो थियोजस्तो लाग्यो । यहाँ त भात पनि आफै““ पकाउनुपर्ने, लुगा पनि आफै““ धुनुपर्ने । साथीभाइ पनि कोही थिएनन् । बिस्तारै बानी पर्न थाल्यो । केही स्थानीय साथी पनि बने । एक–दुई महिनामा घरबाट नआत्तिएर पढ्नु भन्ने व्यहोराका चिठी आउँथे ।
त्यतिखेर स्कुलको युनिफर्म थिएन । सुरुमा बन्दीपुरबाट आउँदा मैले कमिज र पाइजामा लगाएको थिएँ । काठमाडौं आएपछि मात्रै पाइन्ट सिलाएर लगाइयो । सुतीको कमिज–पाइन्ट । काठमाडौं आउँदा बन्दीपुरमै किनेको कपडाको जुत्ता लगाएको थिएँ । त्यस बखत लेक्स जुत्ता खुब चल्थ्यो । त्यस बेला यहाँ पाइने सबभन्दा राम्रो त्यही जुत्ता थियो । मैले बरु त्यो जुत्ता लगाउन धेरै समय कुर्नुप¥यो । कपडाको जुत्ता तीन–चार रुपैयाँमा आउँथ्यो, लेक्सलाई १२÷१५ रुपैयाँ पथ्र्यो । केही समयसम्म पैसा जोगाएपछि बल्ल किन्न सकेको थिएँ ।
सुरुमा म र काइँला काका विष्णुकुमार श्रेष्ठ काठमाडौं आयौ“ । आउनासाथ डेरा लिएपछि दरी, खाट किन्यौ“ । आएको महिनामा सबै समान किन्दा र एक जोर नयाँ लुगा सिउँदा एक सय २० रुपैयाँ जति खर्च भएको थियो । यही पैसा पनि धेरै थियो । घरबाट भने, ‘यसरी पैसा खर्च ग¥यौ भने त तिमीहरूलाई हामीले पैसा पठाउँदैनौ“ ।’
त्यसपछि खर्च कम गर्न थालियो । खाना आफै“ले पकाइन्थ्यो । भाँडा माझ्नलाई एक टोलकै दिदी थिइन् । हामी स्कुल जान्थ्यौ“, बाहिरपट्टि सानो भान्सा थियो, त्यसको साँचो त्यही“ हुन्थ्यो । उनी आउँथिन्, ढोका खोल्थिन्, भाँडा माझ्थिन् ।
लुगा धुनलाई हामी बालाजु जान्थ्यौ“ । हप्तामा एकचोटि बालाजु जाने नुहाउने लुगा धुने गथ्र्यौं । बालाजु बाइसधारा गजब थियो । प्रशस्त पानी, जाडोमा घाम पनि ताप्न औधि मजा हुन्थ्यो । बालाजु जाने दिन खुब रमाइलो लाग्थ्यो । त्यहाँ धेरै विद्यार्थी हुन्थे ।
त्यति बेला काठमाडौंमा चार–पाँचवटा फिल्म हल थिए । न्युरोडमा अहिले विशालबजार भएको ठाउँमा जनसेवा सिनेमा हल थियो । जयनेपाल, रञ्जना, पाटनमा अशोक र भक्तपुरमा पनि एउटा थियो । म फिल्म हेर्न खासै जान्नथे“ । एक त पैसा हु“दैनथ्यो अर्को पढ्नुपर्छ, फिल्म हे¥यो भने बिग्रिन्छ भन्ने पनि थियो ।
मसँगै एसएलसी दिने मेरा स्कुलका साथी धेरैजसो इन्जिनियर बनेका छन् । रमाकान्त, प्रफुल्ल, पद्मलाल, सुधीर, वरुण आदि । सरकारी सेवामा छिरेका वरुण श्रेष्ठ सचिव भएर रिटायर्ड भए । एकजना पूर्वतिरका थिए, हरिबहादुर बस्नेत । उनी पञ्चायतकालमा धेरै वर्ष मन्त्री भए । हामी पढ्दा जेपीमा केटी विद्यार्थी थिएनन् ।
कलेजमा भने दुईजना निकै टाठा र राम्रा केटी थिए । सबैले यसो आँखा लगाउने । उनीहरूसँग त मेरो पछि अमेरिकामा पनि भेट भएको थियो । एकजनाको अमेरिकीसँगै विवाह भएको थियो ।
काठमाडौं आएर पढ्न थालेपछि काठमाडौं धेरै कुराले मनप¥यो । तर, बन्दीपुर अथवा ठुल्ढुंगामा बाआमा थिए, मिस पनि भयो । दश कक्षामा तीनवटा सेक्सन थिए । मजस्तै कम हाइटवाला एउटा सेक्सनमा, हाइट बढीवाला अर्कोमा । त्यो हुँदा मजा पनि हुन्थ्यो । साथीहरू सबै मिलनसार थिए ।
दिनभरिमा दुइटा गाडी
त्यस बखत इन्द्रचोकमा दिनभरिमा मुस्किलले एक–दुइटा गाडी देखिन्थ्यो । मोटरसाइकल त छँदै थिएन । साइकल हुन्थ्यो । साइकल हुनु पनि एउटा प्रतिष्ठाको कुरा हुन्थ्यो । हाम्रो संरक्षकका रूपमा गुणविक्रम अधिकारी काका हुनुहुन्थ्यो । उहाँ चावहिल स्कुलमा पढाउनुहुन्थ्यो । उहाँका चार दाजुभाइ कल्याणविक्रम, चुँडाविक्रम, गुणविक्रम र अर्को ठूलोचाहि“ नाम याद भएन । उहाँहरूको सान राणाकै जस्तो थियो । उहाँहरूको घरमा कम्तीमा एकजना केटा काम गर्ने हुन्थ्यो । खाना खाइसकेपछि लुगासुगा लगाइदिने काम श्रीमतीको हुन्थ्यो । मोजासमेत लगाइदिने । केटाले चाहि“ जुत्ता पोलिस गरेर ठीक पारेर लगाइदिने । जुत्ता लगाउनुभन्दा पहिले साइकल सफासँग टल्काएर राख्नुपर्ने ।
मलाई त अहिलेसम्म साइकल चढ्न आउँदैन । काकाहरूले चाहि“ भाडामा साइकल लिएर चलाउनुहुन्थ्यो, सिक्नुभएको थियो । बन्दीपुर छाडेपछि बेलायत र अमेरिका गएर आएपछि मलाई पिसकोरमा जागिर मिल्यो । त्यहाँ सुरुमै मोटरसाइकल दिएको थियो । मेरो स्तरको पदमा हुनेलाई गाडी नै दिन्थ्यो । तर, मसँग लाइसेन्स थिएन, पहिले मोटरसाइकलको लाइसेन्स लिएपछि मोटरसाइकल दियो । त्यसपछि गाडीको लाइसेन्स लिएपछि गाडी दियो । त्यसैले साइकलचाहि“ अझै पनि चढ्न आउँदैन ।
काठमाडौंमा त्यति बेला निश्चित सामान किन्न निश्चित ठाउँमा जानुपथ्र्यो । कपडा किन्न इन्द्रचोक, तरकारी मसलाहरू किन्न असन, किताब जुत्ता आदि किन्न भोटाहिटी, बागबजार–डिल्लीबजार । टोपी किन्न केलटोल ।
यो चिज किन्न यस ठाउँमा जाने भन्ने हुन्थ्यो । अहिले एउटै टोलमा सबै पाइन्छ, अहिले त मल भयो, बैंक अथवा सुपरमार्केट नै भए ।
त्यस बेला बजार भनेको इन्द्रचोक असन क्षेत्र नै थिए । त्यतिखेर बस्ती पनि कम थियो । मूल सडकबाट यसो बाहिर निस्किनेबित्तिकै खेत हुन्थ्यो । जतासुकै तरकारी, धान रोपिएको हुन्थ्यो । काठमाडौं निकै हरियाली थियो । अहिलेको प्रज्ञा प्रतिष्ठान भएको ठाउँ, कमलादी पूर्वराजकुमारीको घर भएको ठाउँ, त्यहाँ टन्नै तरकारी लगाइएको मलाई याद छ ।
इन्द्रचोक र जुद्धसडक न्युरोडतिर धेरै घर थिए । त्यस बखत मलाई याद भएसम्म सबभन्दा चौडा सडक लाजिम्पाटमा थियो । जहाँ दुइटा गाडी सजिलै छिर्थे ।
सुरुसुरुमा काकासँग बस्दा ठीकै थियो । बेलाबेला पैसा आउँथ्यो । पछि जब म एक्लै बस्न थाले“, पैसा कम हुन लाग्यो । पैसा कम भएपछि मैले सामान निकै कम किन्न थाले“ । तेल एक पैसाको, साग दुई पैसाको, यसरी किन्ने । पसले दाइहरू मलाई माया गर्थे । कहिले कहिले खोइ तिम्रो तेलको भाँडा लेऊ भन्दै पैसा नलिईकनै तेल राखिदिन्थे ।
त्रिरत्न दाइको पसलबाट सुरुसुरुमा हामी बासमती चामल किन्थ्यौ“ । त्यसपछि पोखरेली मसिनो । त्यसपछि चामल मोटोमोटो हुँदै गएपछि त्रिरत्न दाइले के भयो भाइ तिमीलाई पैसा पठाइदिन छाडे कि क्या हो भन्थे । यसो टाउको कन्यायो । ल ल शनिबार त्यही पैसामा पोखरेली मसिनो दिन्छु भन्नुहुन्थ्यो । अति जाती मान्छे ।
पहिले बसेको ठाउँबाट सरेको दोस्रो घरको घरबेटी धेरै माया गर्ने हुनुहुन्थ्यो । गाली पनि गर्ने तर मायाले । कहिलेकाही““ मैले भात नपकाई बस्यो भने आफ्नो भान्साबाट खानेकुरा ल्याइदिने । उहाँको बारी थियो, नयाँ बजारतिर । बारीबाट तरकारी ल्याउँदा मलाई पनि दिनुहुन्थ्यो ।
त्यति बेला अहिलेजस्तो बस हुँदैनथे । जहाँ जाँदा पनि हामी हि“डेर जान्थ्यौ“ । स्कुल त नजिकै थियो । हप्ताको एकपटक न्युरोड घुम्न जान्थ्यौ“ । भूगोल पार्कमा गोरखापत्र टाँसिएको हुन्थ्यो । म त्यही“ पढ्थे“ । कहिले त पढ्नलाई पालो बस्नुपथ्र्यो ।
पैसा भयो भने इन्द्रचोकको रञ्जना गल्लीको रश्मी होटलमा चिया खान गइन्थ्यो । त्यहाँ धेरै लेखक–कवि जान्थे । उनीहरूको गफ टाढैबाट सुन्ने हिसाबले जान्थे“ । गयो छेउमा बस्यो, एक कप चिया र टोस्ट एक पिस लिएर बस्यो । आजभोलि हामी होटल रेस्टुरेन्टमा गयौ“ भने बटर चिज चिल्लो कम राख है भन्छौ“ । त्यस बखत एक पिस टोस्ट लिने अनि ए दाइ बटर धेरै राख्दिनु है भन्थ्यौ“ । अहिलेचाहि“ उल्टो भएर आयो । जेमा पनि चिल्लो नराख है भन्नुपर्ने ।
रश्मी होटलमा हाम्रै बन्दीपुरका कवि द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ हुन्थे । त्यस्तै देशका प्रख्यात कविहरू रत्नशमशेर र भूपि शेरचन पनि हुन्थे । त्यस बखत उनी आफ्नो नाम भूपेन्द्रमान शेरचन सर्वहारा लेख्थे । भूपि त पछि लेख्न थालेका हुन् । कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी पनि त्यहाँ देखिन्थे । ‘रूपरेखा’ पत्रिका सुरु भएपछि बालमुकुन्ददेव पाण्डे, उत्तम कुँवरहरू पनि त्यहाँ हुन्थे । कहिलेकहिले खल्तीमा एक दुई रुपैयाँ छ भने केही साथीसँग कवि लेखकका गफ सुन्ने भनेर जान्थ्यौ“ ।
१० कक्षा पढ्दाखेरी काकाले टिफिनका लागि भनेर एक सुका दिन्थे । घरबाट आएको पैसा काकाको नियन्त्रणमा हुन्थ्यो । एक कप चियाको दश पैसा पथ्र्यो, एउटा सेलरोटीको १५ पैसा । पञ्चनारायण भन्ने पञ्चेको होटल थियो, क्षेत्रपाटी चोकनजिकै । हामी खाजा खान त्यही“ जान्थ्यौ“ । मेरो खाजा सधै“जसो एउटै हुन्थ्यो, एक कप चिया र एउटा सेलरोटी । पछिपछि त जानेबित्तिकै केही नभनीकनै होटलको केटाले एक कप चिया र एउटा सेलरोटी तेस्र्याइदिन्थ्यो । खायो एक सुका दियो, हि“ड्यो ।
मसँग धेरैजसो एक सुकाभन्दा अरू पैसा हुँदैनथ्यो । यसमै पनि डर के हुन्थ्यो भने केही गरी हरायो भने के गरी तिर्ने ? त्यही भएर होटलमा जानुअगाडि छाम्थे“ । छ भने हातैले समातिराख्थे“ । पहिले नै हराएको भए त जानै भएन ।
कहिलेकाही““ काकासँग एक मोहर माग्थे“ । बरु भोलि नदिनोस्, आज एक मोहर दिनुस् भने पनि कहिल्यै नदिने । एक मोहर पायो भने चिया, सेलरोटी, लालमोहन पनि पुग्थ्यो ।
एकपटक के भयो भने चिया, सेलरोटी खाएर पैसा दिएँ । पसलेले पैसा पुगेन भन्यो । सधै“ पुग्ने आज किन नपुग्ने भनेको यो त पाँच पैसा हो भन्छ । सुका र पाँच पैसा एउटै एउटै हुने, होइन होला भनेर हेरेको पाँचै पैसा नै छ । मैले भने“, ‘गल्ती भएछ, मसँग छैन, भोलि आउँदा दिन्छु ।’
त्यसले मान्दै मानेन । सधै“ खाने ठाउँ भए पनि मानेन । चिया खाँदै हेर्ने भनेर लगेको किताब धरौटी राखेपछि बल्ल छोडिदियो । घरमा गएर काकालाई भने“, ‘पाँच पैसा दिएर मेरो कस्तो बेइज्जत भयो ।’ उल्टो मलाई शंका गरेर भन्छन्, ‘किताब बेचिस् होला ।’ मैले भने“, ‘एक सुका दिनुस् त्यो किताब ल्याउँछु ।’ दिँदै दिनुभएन, विश्वासै गर्नुभएन । अनि भोलिपल्टको खाजा खर्च एक सुका दिएर किताब लिएर आएँ । त्यो दिन खाजा खान पाइनँ ।

जुद्धोदयमा भर्नै हुन गाह्रो
टोलका केटाहरू गुच्चा र च्याम्पाटी खेल्थे । मलाई पनि खेल्न बोलाउँथे । म टारिदिन्थे“, ‘खेल्न जान्दिनँ ।’ उनीहरू स्कुलबाट भागेर कहिले विष्णुमतिमा पौडी खेल्न जाऊँ भन्थे कहिले फिल्म हेर्न जाऊँ भन्थे । म टार्थें, ‘पौडी खेल्न आउँदैन, पानी देख्दा डर लाग्छ ।’ फिल्म हेर्नलाई त मसँग पैसा नै हुँदैनथ्यो । मेरो पूरा ध्यान पढाइमै थियो । एक दिन प्रधानाध्यापक योगनाथ सर ९ कक्षाको नतिजा सुनाउन हाम्रो कक्षामा आउनुभयो । सरासर आएर उहाँले मेरो पिठ्युँमा धाप मार्नुभयो र भन्नुभयो, ‘ल बन्दीपुरे, तँ कक्षामा पहिलो भइस् ।’
मेरो छाती फुलेर दोब्बर भयो । काका पनि राम्रै नम्बर ल्याएर पास हुनुभयो । नतिजा आएपछि मीनपचासको बिदा भयो । ५० दिनका लागि पहिले आएकै बाटोबाट हामी फर्कियौ“ । यसपालि पनि मामा आउनुभएको थियो, भरिया लिएर । काठमाडौं आउँदा दश दिन लागेको बाटो हामी फर्किंदा सात दिनमै पार ग¥यौ“ । केही दिन बन्दीपुर र केही दिन ठुल्ढुंगामा फुक्काफाल भएर बिताएँ । न स्कुलको चिन्ता न त पढाइको । न भात पकाउनुपर्ने न लुगा धुनुपर्ने ।
बिदा सकियो । हामी फेरि काठमाडौं फर्कियौ“ । यसपालिको बाटो भने फरक थियो । हि“डेर होइन, उडेर जाने भइयो । यसका लागि सिमरा पुग्नुपथ्र्यो । सिमरा जान दुई दिन हि“डेर नारायणघाट, त्यसपछि पुरानो ट्रक चढेर चितवनको माडी हुँदै ठोरी । ठोरीबाट नेपाल–भारत सिमाना पार गरेर नर्कटियागन्ज अनि त्यहाँबाट रेल चढेर रक्सोल हुँदै वीरगन्ज, वीरगन्जबाट बसमा सिमरा । यो यात्रामा म पैदल हि“डे“, नदी तर्न डुंगा चढे“, बस, ट्रक रेलमा गुडे“ । यसरी सिमरा पुगियो र जीवनमा पहिलोपटक हवाईजहाजमा उडियो । त्यस बेलाको डाकोटा जहाजलाई सिमराबाट काठमाडौं आइपुग्न २३ मिनेट लाग्थ्यो । भाडा पनि २३ रुपैयाँ नै थियो । तर, म सानो र होँचो भएकाले मलाई आधा भाडा मात्रै लाग्यो । जम्मा १२ रुपैयाँ तिरेर म जहाज चढी पढ्न काठमाडौं आएँ ।
त्यति बेला म १४ वर्षको थिएँ । १० कक्षामा भर्ना हुन फेरि जुद्धोदयमा गयौ“ । ‘१० कक्षामा एकैपटक कहाँ भर्ना लिन मिल्छ ?’ सरहरूले भने । हामीले भन्यौ“, ‘हामी ९ कक्षामा पनि आएका थियौ“ तपाईंले नलिएर ९ कक्षामा लैनचौर पढ्यौ“, अब त यही“ पढ्छौ“ ।’ सरहरूले भने, ‘उसो भए जाँच लिनुपर्छ ।’ मैले भने“, ‘होइन, सर म त त्यहाँ कक्षामा फस्र्ट भएर आएको । मैले पनि जाँच दिनुपर्छ र ?’
‘कुन स्कुल ?’ सरहरूले सोधे ।
मैले भने“, ‘लैनचौरको शान्ति विद्यागृह ।’
सरहरूले भने, ‘जाँच त दिनुपर्छ ।’
जाँच दियौ“ । त्यसमा पास भएपछि बल्ल भर्ना लिए । यसरी बल्लबल्ल १० कक्षा जुद्धोदयमै भर्ना भएँ । एसएलसी यही“बाट गरे“ । नेपाली पढाउने गुरु वासुदेव लुइँटेल कडा हुनुहुन्थ्यो । उहाँले विद्यार्थीलाई मुड्कीले ढाडमा हान्नुहुन्थ्यो । मलाई भने माया गर्नुहुन्थ्यो । मित्रनाथ देवकोटा अग्लो हुनुहुन्थ्यो । उहाँको एउटा खुट्टा अलि छोटो थियो । हि“ड्दा खोँच्याए जसरी हि“ड्नुहुन्थ्यो । मलाई सबभन्दा मनपर्ने गुरुचाहि“ हरिहर रेग्मी हुनुहुन्थ्यो । उहाँले हामीलाई अंग्रेजी पढाउनुहुन्थ्यो ।
एसएलसी दिएपछि रिजल्ट आउन निकै समय लाग्थ्यो । त्यसैले म बन्दीपुर गएँ । बन्दीपुरमा धेरै बसिनँ, ठुल्ढुंगा गएँ । ठूल्ढुंगा गएर बसेका बेला एसएलसीको रिजल्ट भयो भन्ने थाहा भयो । तर, पत्रिका हेर्न पाएको थिइनँ । आफ्नो रिजल्ट के भयो थाहा थिएन ।
रिजल्ट भएको २५÷३० दिनजति पछि पोखरीछापको एकजना पण्डितले कहाँकहाँबाट भेटाएर रिजल्ट प्रकाशित भएको गोरखापत्र ल्याएका छन् रे भन्ने थाहा पाएँ । दौडिँदै गएँ ।
गोरखापत्र च्यातिइसकेको थियो । तैपनि, जोडजाड पारेर हेरे“ । मेरो आफ्नो अड्कल सेकेन्ड डिभिजन आउँछ भन्ने थियो । सेकेन्ड डिभिजनमा हेरे“, छैन नम्बर । हत्तेरी सेकेन्ड डिभिजन आएन, थर्ड डिभिजन त होला भनेर थर्ड डिभिजन हेरे“ । थर्ड डिभिजनमा पनि छैन । फेल भएँ त ? झसंग भएँ । तर, मलाई फेलै भएजस्तो त लागेन । फस्र्ट डिभिजनमा हेर्ने आँट भएन । तैपनि यसो हेर्दाहेर्दै मेरो नम्बर ७१० एच फस्र्ट डिभिजनमै देखे“ । त्यतिखेर त हाम्रोतिरबाट फस्र्ट डिभिजन ल्याउने एकाध मात्रै हुन्थे ।
बिरामी भएकाले काकाले त जाँच दिनै पाउनुभएको थिएन । तीन महिनापछि सप्लिमेन्टरी जाँच दिन पाइन्थ्यो । त्यो जाँच दिएर सेकेन्ड डिभिजनमा काका पनि पास हुनुभयो ।

(श्रेष्ठको आइतबार सार्वजनिक हुने घुमीफिरी बन्दिपुर पुस्तकबाट)

प्रकाशित: २४ भाद्र २०७४ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App