७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मंगल ग्रहको नाम लाङटाङ

लण्डन–वैज्ञानिकहरुले मंगल ग्रहको एक खाल्डोको नाम लाङटाङ राखेका छन् । गत वर्षको भूकम्पका कारण लाङटाङ क्षेत्रमा हिमपहिरो गएपछि विदेशी  पदयात्रीहरुसहित २०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

अन्तर्राष्ट्रिय खगोलशास्त्र संघ (आइएयु) ले मंगल ग्रहको ९.८ किलोमिटर चौडा एक खाल्डोको नाम लाङटाङ राखेको हो । अनुसन्धानकर्ता जालिङ दे हासले भने, ‘उक्त नेपाली गाउँको सम्झनामा ग्रहको खाल्डोको नामाकरण गरिएको हो ।’  नेदरल्यान्ड्सको एक विश्वविद्यालयमा मंगलग्रहको भौतिक भूगोलबारे अध्ययन गरिरहेका डा. जालिङ दि हासले भने ।  उनका एकजना साथीले लाङटाङ क्षेत्रमा हिमनदीहरुको अध्ययन गरेकाले आफूले सो खाल्डोको नाम लाङटाङ राखेको अन्तराष्ट्रिय समाचार संस्थालाई बताए ।

‘मेरो साथीले त्यहाँ निकै लामो समय बिताएको थियो । त्यसैले उक्त खाल्डोको नाम लाङटाङ राख्नु उपयुक्त हुने लाग्यो’ उनले भने । डा. हासले उक्त खाल्डोको माथिल्लो भागमा देखिएका चिन्हहरु संभवत ः पानीको बहावको संकेत हुनसक्ने पनि बताए । उनले मंगल ग्रहकै अर्को खाल्डोको नाम बुन्निक राखेका छन् ।
अन्तर्राष्ट्रिय खगोलशास्त्र संघको ग्रह प्रणाली नामाकरण संबन्धी कार्यटोलीले ती दुबै नामहरुलाई अनुमोदन गरेको थियो ।

 

प्रकाशित: ५ असार २०७३ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App