७ वैशाख २०८१ शुक्रबार
राजनीति

रौतहटका दुई कान्छा उम्मेदवार

रौतहट- रौतहटमा दुई नगरपालिकामा निकै कम उमेरका उम्मेदवार देखिएका छन् । पार्टीभित्र कुनै लगानी नभएका तर पारिवारिक लगानी भएका कारण कांग्रेसले कटहरिया र नेपाल लोकतान्त्रिक फोरमले राजपुर नगरपालिकामा कम उमेरका उम्मदेवारलाई निर्वाचनमा पठाएको हो । कटहरिया नगरपालिकाका मेयरमा कांग्रेसका उम्मेदवार अजय प्रकाश २४ वर्षका छन् । स्नातक पढ्दै गरेका अजय प्रकाश जिल्लाका प्रसिद्ध उद्योगपति रामअश्रे साहका नाति हुन् ।

यसैगरी नेपाल लोकतान्त्रिक फोरमका केन्द्र्रीय सदस्य एवं रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महम्मद मुस्ताक आलमका छोरा महम्मद जैद आलम राजपुर नगरपालिकाका मेयर उम्मेदवार छन् । आलम २१ वर्षका छन् । कम उमेरका युवा निर्वाचनमा आएपछि  राजनीतिमा युवा सहभागिता बढ्ने विश्वास छ ।

पार्टी केन्द्रीय सदस्य वडा सदस्य उम्मेदवार

राजपा नेपालका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष मण्डलका सदस्य शेख नुरुल होदा गौर नगरपालिकाका वार्ड सदस्यका उम्मेदवार छन् । राजपाले होदालाई गौर नगरपालिकाका मेयर पदका टिकट नदिएपछि राजीनामा दिँदै माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार बनेका हुन् । गौर नपा ६ सबगढाबाट वडा सदस्य उम्मेदवार होदा आफ्नो विजय सुनिश्चित भएको बताउँछन् ।

माओवादीबाट मेयर उम्मेदवारमा दुई महिला

नेकपा माओवादी केन्द्रले रौतहटका दुई नगरपालिकामा महिलालाई मेयर पदका उम्मेदवार बनाएको   छ । जिल्ला सदरमुकाम गौर र सहरी विकास मन्त्री प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा माओवादी केन्द्रले महिलालाई उम्मेदवार बनाएको हो । गौर नगरपालिकामा सामान्य परिवारकी महिला टैँटीदेवी ठाकुरलाई माओवादीले मेयर पदका उम्मेदवार बनाएको छ भने रीनाकुमारी साहलाई मौलापुर नगरपालिकाका मेयर पदमा उम्मेदवार बनाएको छ । मौलापुरको मेयर पदका उम्मेदवार साह सहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन् । उम्मेदवार साह पार्टीमा लामो समय कविता नामबाट राजनीतिमा छिन् ।

प्रकाशित: २४ भाद्र २०७४ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App