coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

अध्यक्षका प्रत्यासीहरू

 लन्डन-गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। यस्तै संघको केन्द्रीय सदस्यका लागि सञ्चारकर्मी चिरन शर्मा, शान्ति थापा, अर्जुन कटुवाल, कुमारी गुरुङ र जयप्रकाश गुरुङबीच प्रतिस्पर्दा हुनेछ।

अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।

संघको आगामी २ बर्षे कार्यकालका लागि ६ उपाध्यक्ष पदमा ११ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महासचिव पदको लागि ३ जनाले प्रतिस्पर्धा गर्दै छन् भने उपमहासचिवमा २ जना उम्मेदवार बनेका छन्। ३ सचिव पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्दैछन् भने कोषाध्यक्ष पदमा ३ जनाले दावी गरेका छन्। सहकोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । यस्तै ९ जनाको कार्यसमितिको लागि १५ जना चुनावी मैदानमा छन्। २ युवा संयोजक पदका लागि ४ जना चुनावी मैदानमा छन्।

करिब ३७ सय मतदाताका लागि बेलायतका ४ छुट्टा छुट्टै स्थानबाट मतदान गर्न सकिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्यसचिव रामशरण सिम्खडाका अनुसार निर्वाचन परियोजनका लागि आवश्यक मतपत्र, मतपेटीका, मतदाता नामावली, मतदान स्थललगायतको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

निर्वाचन समितिले विहान ८ बजेदेखी साँझ ८ बजेसम्म मतदान गर्न सकिने समयसीमा तोकेको छ ।  मतदाताको सुविधालाई मध्यनजर गर्दै अल्डरशट, फानवरो, लेस्टर, पल्म्वस्टेट साउथह्यारो क्षेत्रमा समितिले मतदान केन्द्र तोकिएको छ । सिम्खडाले भने, ‘मतदान केन्द्र र मतपत्रका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सबै निर्वाचन केन्द्रमा राम्रो सुरक्षा प्रबन्ध गरेका छौं।’

स्थानीय प्रहरी प्रशासनलाई समेत एनआरएन यूकेको निर्वाचन बारे जनाकारी दिएको छ। निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि निर्वाचन समितिले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा १५ जनाका दरले करिब ५० जना निर्वाचन पर्यवेक्षक निर्वाचन क्षेत्रमा परिचालन गरिएको निर्वाचन समितिका सदस्य पूर्ण लक्छमले जनाए ।

लक्छमले मदतादातालाई निर्धक्क भएर समयसीमामा मतदान स्थलमा उपस्थित भएर मताधिकार सुरक्षित गर्न आग्रह गरे।

अध्यक्ष पदको लागि कृष्ण तिमल्सिना र योग कुमार फगामीबीच कडा टक्कर हुने देखिएको छ। अर्का प्रत्यासी हिराधन राईले सुरुका दिनभन्दा अन्तिम चरणमा आफ्नो पक्षमा जनमत बढाएको बताइन्छ।

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तयारीका लागि अहिले विश्वभरि छरिएका ७५ देशको राष्ट्रिय समितिमा नयाँ नेतृत्व चयन भइरहेको छ । संघको विश्वसम्मेलन आगामी अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा हुनेछ।  

मतपत्रको नमुना

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App