४ वैशाख २०८१ मंगलबार
समाज

जिआइजेडद्वारा निर्मित गोदामघर सरकारलाई हस्तान्तरण

रसुवा—रसुवामा विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री भण्डारण गरेर राख्ने उद्देश्यले गोदाम घरको निर्माण गरिएको छ। विपद व्यवस्थापनका लागि गोदाम घर नहुँदा विभिन्न कठिनाई भइरहेको अवस्थामा गोदाम घर निर्माणले विपद् पूर्वतयारीका सामाग्री सुरक्षित तथा व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ। 

जिआइजेड प्रतिनिधिले शुक्रबार रसुवाकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेललाई गोदमघरको चाबी हस्तान्तरण गरेका हुन्।

जर्मन फेडरल इन्टरप्राइज फर इन्टरनेशनल कोअपरेसन (जिआईजेड) को आर्थिक सहयोगमा २१ लाख ४० हजारको लागतमा उक्त गोदाम घर निर्माण भएको हो। 

उक्त गोदाम घरमा दुई ओटा कोठा बनाइएको छ। एउटा कोठामा खाद्य सामग्री र अर्को कोठामा अन्य सामग्री राखिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। करिब दुई सय दिन लगाएर निर्माण गरिएको उक्त गोदाम घर शुक्रबार जिआइजेडले समितिलाई हस्तान्तरण गरेको छ। एक कार्यक्रमबीच शुक्रबार जिआइजेडका प्रतिनिधिले रसुवाकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेललाई गोदमघरको चाबी हस्तान्तरण गरेका हुन्।

यस अघि जिल्लामा गोदाम घर नहुँदा भुकम्प प्रभावितका लागि आएको सामाग्री विद्यालय तथा क्याम्पसको कोठामा राखिने गरिएको थियो। 

जिल्लामा रहेका पाँच ओटा गाउँपालिका र गाउँपालिकामा रहेका २७ वडामै गोदाम घर निर्माण गरिने सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले बाताइन्।

सबै तस्विर: हिमनाथ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App