६ वैशाख २०८१ बिहीबार
प्रवास

बाढी पीडितलाई एनआरएन क्षेत्रीय समिति यीवु, चीनको सहयोग

काठमाडौं– गैर आवासीय नेपाली संघ चीन क्षेत्रीय कमिटी, यीवुले महिना दिन अघिको बाढीबाट प्रभावित परिवारलाई १६ लाखभन्दा धेरैको कम्बल सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावित परिवारलाई जाडो मौसममा पर्ने कष्टलाई केही सहयोग पुगोस् भनेर संघले न्याया कपडाको व्यवस्था गरिदिएको हो।

संघले १६ लाख रुपैयाँ बराबरको ठूलो आकारको जाडोमा ओढ्ने कम्बल खरिद गरी नेपालमा पठाइसकेको जनाएको छ ।

गैर आवासीय नेपाली संघको नेपाल स्थित केन्द्रिय कार्यालयसँगको समन्वयमा उक्त कम्बलहरू वितरण गरिने छ । नेपालको सबैभन्दा धेरै बाढी प्रभावित बासिन्दालाई संघले राहत वितरण गर्ने कमिटीका सल्लाहकार ज्योति सिल्वाल बताए । गैरअवासीय नेपाली संघ चीन क्षेत्रीय कमिटी यीवुका अध्यक्ष विष्णु पसाद डुमरु, उपाध्यक्ष राजकुमार खड्का, महासचिव आकाश गुरुण, सहसचिव धनराज थापा एवं सल्लाहकार तथा सम्पुर्ण यीयुवासी नेपालीहरूको प्रत्यक्ष संलग्नतामा राहत संकलन भएको  थियो।

नेपालमा राहत पठाउने कार्यक्रममा क्षेत्रीय अध्यक्ष डुमरुसँगै महासचिव आकाश गुरुङ, सहसचिव धनराज थापा, प्रमुख सल्लाहकार ज्योति सिल्वाल, गोविन्द भण्डारी राजकुमार खरेल, सुवर्ण श्रेष्ठ, साजन श्रेष्ठ, शिव प्रसाद तिमल्सिनाको उपस्थिती थियो। 

प्रकाशित: २३ भाद्र २०७४ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App