८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएन अमेरिकामा पुनः डा.पौडेल

एनअारएन अमेरिकाको अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका डा.केशव पौडेल। फाइल तस्विर

टेक्सास— गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा पुनः डा.केशव पौडेल विजयी भएका छन्। एनआरएनएका विश्वका ७६ शाखामध्ये सबैभन्दा ठूलो अमेरिका शाखा हो।

दुई दिनसम्म चलेको अनलाईन मतदानको आज अबेर निर्वाचन आयोगले सार्वजनिक गरेको हो। कार्यकाल २०१७ देख २०१९ का लागि डा.केशव पौडेलले ४२२९ मत पाए।  उनका निकटम प्रतिद्वन्द्वी रवीना थापाले ३०८५ मत ल्याइन्। अर्का अध्यक्षका उम्मेदवार राम सी पोखरेलले ९६४ मत पाए। कृष्ण पोखरेलले ७८३ मत पाएका छन्।

घोषित निार्वचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा सुनिल साह, अन्य चार उपाध्यक्षहरुमा रामकुमार सुवेदी, राधा पौडेल, जेदु पोखरेल र उमा थापा कार्की निर्वाचित भएका छन्। महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा.प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन विजयी भएका छन्। महिला संयोजकमा इन्दिरा त्रिपाठी, युवा संयोजकमा स्वराज खाती निर्वाचित भएका छन्। त्यसैगरी बोर्ड अफ डाईरेक्टरमा डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाह विजय भएका छन्।

आईसिसी सदस्यको लागि भइको निर्वाचनमा ८ पदमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापा विजयी भएका छन्। निर्वाचनमा ६४ प्रतिशत मात्र मत खसेको थयो। लामो समयदेखि अनिश्चित बनेको निर्वाचनमा प्रत्यासी बनेका गौरी जोशीले अदालतको मुद्दा र आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्वाचनको मिति तोकिएको थियो।

केन्द्रिय अधिवेसन नजिकीदै गर्दा अमेरिकाबाट लैजाने झण्डै एक सय ८० केन्द्रिय प्रतिनिधि छान्ने काम भने अबको नयाँ निर्वाचीत कार्यसमतिले गर्नेछ।

प्रकाशित: २३ भाद्र २०७४ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App