coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँचसय बाढीपीडितलाई सामूहिक भोजन

सप्तरी – पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ। 

चार दिनदेखि निरन्तररुपमा आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५०० जनालाई प्रत्येक दिन दैनिक बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ। 

गत असार र साउनको अन्तिम सातामा वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका ५०० घरपरिवार डुबानमा परेका थिए भने २०० जना परिवार विस्थापित भएका थिए। 

सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन्। रासस 

प्रकाशित: २३ भाद्र २०७४ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App