६ वैशाख २०८१ बिहीबार
राजनीति

रौतहटमा दुई महिला मेयरका उम्मेदवार

रौतहट- नेकपा माओवादी केन्द्रले रौतहटको दुई नगरपालिकाको मेयरमा महिलालाई उम्मेदवार बनाएको  छ। सदरमुकाम गौर र सहरी विकासमन्त्री प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा माओवादी केन्द्रले महिला उम्मेदवार बनाएको हो। गौर नगरपालिकामा सामान्य परिवारकी महिला टैँटीदेवी ठाकुरलाई माओवादीले मेयर पदको उम्मेदवार बनाएको छ भने रीना कुमारी साहलाई मौलापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएको छ। मौलापुरको मेयर पदको उम्मेदवार रीना कुमारी साह सहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन्। पार्टीमा लामो समय कविता नामबाट राजनीति गरेकी साहको बलियो पकड रहेको मानिन्छ।

प्रकाशित: २३ भाद्र २०७४ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App