अन्तिम चरणमा दक्षिणबाराही पुनर्निर्माण

शुक्रबार, २३ भदौ २०७४, १५ : १४ अमृत भादगाउँले

भुइँचालोबाट क्षतिग्रस्त दक्षिणबाराही मन्दिर पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले मन्दिरको छाना छाउने काम भइरहेको छ । दक्षिणबाराही मन्दिर परिसर सुधार एवं व्यवस्थापन समिति अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठका अनुसार आउँदो तिहारभित्रै पुनःनिर्माण सकिनेछ।  

पुरातत्व विभागले ठेकेदारमार्फत ७६ लाख ५८ हजार रूपैयाँमा मन्दिर पुनःनिर्माण गराएको हो । १२ वैशाख २०७२ को भुइँचालोबाट भत्किएको मन्दिर बनाउने काम ०७३ कात्तिकदेखि सुरु भएको थियो । ‘असारभित्र पुनःनिर्माण सक्ने कुरा थियो,’ श्रेष्ठले भने, ‘ठेकेदार कम्पनीले म्याद बढायो, अब तिहारभित्र निर्माण पूरा हुनेछ।’ 

मन्दिर भौगोलिक हिसाबले सूर्यविनायक नगरपालिका–४ मा परेता पनि यसको रेखदेख एवं संरक्षण मध्यपुर थिमिका नेवार समुदायले गर्दै आएका छन् । उनीहरू बाराहीलाई इष्टदेवी मान्छन् । बडा दसैंका बेला अष्ठमातृका देवीका रूपमा पुज्छन् । नवरात्रभर बिहान मन्दिरमा घुइँचो लाग्छ।

दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन्।

थिमि चोकबाट दधिकोट जाने सडक छेउमा अवस्थित मन्दिर प्यागोडा शैलीमा बनेको छ । त्यहाँ काठका कलात्मक झ्याल ढोकायुक्त सत्तल छन्। मन्दिर आफैंमा काष्ठकलाको अनुपम नमुना मानिन्छ । मन्दिर हातामा मृतकको दाहसंस्कार गर्ने चलन छ।  

विभागले मन्दिरमा झिँगटीको छाना छाउने बजेट छुट्टयाएको थियो । तर, स्थानीयले तामाको छाना छाउने अभियान चलाएका छन् । त्यसका लागि ल्याय्म्ह पुचः थिमिको अगुवाईमा उनीहरू संगठित भएका छन् । दक्षिण बाराही तामा छाना छाउने समिति बनाएर चन्दा संकलन गरिरहेका छन् । ‘झिँगटीको छाना भरपर्दो र टिकाउ हुँदैन, घाँस उम्रिन्छ,’ समितिका अध्यक्ष जुन श्रेष्ठ भन्छन्, ‘त्यसैले पुरातत्व विभागको अनुमति लिएर तामाको छाना राख्ने अभियान चलाएका हौं।’  
विभागले गजुर र दुई सय चार स्क्वायर फिट तामाको पाताका लागि करिब दुई लाख रूपैयाँ दिने भएको समितिका अध्यक्ष कृष्णलाले जानकारी दिए । गजुरमा सुनको जलप लगाउन पनि विभागले सुझाएको छ । ‘सुनको जलप लगाउँदा ५–६ लाख रूपैयाँ थप खर्च लाग्नेछ,’ पुचःका सल्लाहकार श्याम मानन्धर भन्छन्, ‘त्यसका लागि हामी छलफलमा जुटिसकेका छौं।’
  
 

 

जनस्तरबाट तामाको छाना 
दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन् । त्यसमा अष्टबज्र बज्राचार्यले ४ लाख ५५ हजार, जुन श्रेष्ठले २ लाख ७५ हजार, हीराकाजी महर्जनले २ लाख ३३ हजार, किलंन श्रीपञ्चमी गुठीले १ लाख २० हजार र ओमप्रकाश श्रेष्ठले ६६ हजार ६ सय ६६ रूपैयाँ दान गरिसकेका छन् । समितिले शनिबार बिहान मन्दिर हातामा चन्दा संकलन गर्दै आएको छ । उसले तामाको पाता बनाउन अर्डर दिइसक्यो । पाता बन्दै जाँदा छाउँदै जाने क्रम पनि सुरु भइसकेको छ । 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad