७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ – मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। 

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन्। 

नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। त्यसपछि नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँग भिड्नेछ। आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन्। 

नेपाली टोलीको कप्तानीको भूमिका दीपेन्द्रसिंह ऐरीले निभाउने छन् । त्यस्तै सहभागी अन्य खेलाडीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, सुमित महर्जन, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, नन्दन यादव र विक्रमकुमार भुसाल छन्। 

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा कलाम अली छन्। रासस 

प्रकाशित: २३ भाद्र २०७४ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App