coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

कञ्चनपुर – कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्। 

भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन्। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ रु ३६ हजार लुटेराले लुटेर लगेका छन्। 

लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ। पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए। 

इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसँग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए। रासस 

प्रकाशित: २३ भाद्र २०७४ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App