coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

मेक्सिको सिटी –  मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ। भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ। 

भूकम्पको केन्द्रबिन्दु राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महसुश गरिएको बताइएको छ। 

उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ। शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट उक्त भूकम्पको केन्द्रबिन्दु करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ । 

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ। 

सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता 

यसैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ। 

समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ। भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ। 

भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् ।

प्रकाशित: २३ भाद्र २०७४ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App