माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

शुक्रबार, २३ भदौ २०७४, ११ : १२ नागरिक

दोलखा – नेकपा माओवादी केन्द्र दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। 

कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए। 

खुकुरी प्रहार गर्ने बुढाथोकीलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

बिगु गाउँपालिकाअन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा कामको सिलसिलामा पुगेका ढुङ्गेललाई बुढाथोकीले एक्कासी पछाडिबाट खुकुरी प्रहार गरेका थिए। ढुङ्गेललाई पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

बुढाथोकीलाई सिङ्गटीबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका ढुङ्गेललाई अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको थियो। 

सदरमुकाम चरिकोटका अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। रासस 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad