८ वैशाख २०८१ शनिबार
समाज

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

राजविराज – सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ त्यसका चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर पल्टिएको थियो। 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

प्रकाशित: २३ भाद्र २०७४ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App