७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं- साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार नेपालले बंगलादेशलाई ६८–५७ को नतिजा सुम्पिएको छ । उद्घाटन खेलमा भुटानलाई हराउँदै सुखद सुरुआत गरेको नेपालले बिहीबार त्यही नतिजा दोहो¥याउन सकेन । पहिलो क्वार्टरमा उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो र चौथो क्वार्टरमा राम्रो प्रदर्शन गर्न नसकेपछि नेपाल निराश बनेको हो । पहिलो क्वार्टरमा २२–१० ले अघि रहेको नेपालले दोस्रो क्वार्टरमा १०–२१ को नतिजा सुम्पिएको थियो । तेस्रो क्वार्टरमा १४–१० को स्कोर गर्दै पुनरागमनको प्रयास गरे पनि नेपालले चौथो क्वार्टरमा ११–२७ को स्कोर सुम्पिएपछि घरेलु दर्शक निराश बनेका थिए । नेपालका लागि अविशेकले सिंहले २३ स्कोर गरे भने बंगलादेशका लागि तानवीर प्रोधानले १८ स्कोर गरे । बंगलादेश पहिलो खेलमा भारतसँग ८३–६४ ले पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा भुटानविरुद्ध ९६–३८ को स्कोरको नतिजा निकालेको थियो । पहिलो खेलमा नेपालसँग पराजित भए पनि भुटानले बिहीबार विजयी नतिजा निकालेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भुटानले माल्दिभ्सलाई ६३–५४ ले पारजित ग¥यो ।

बढी उमेरका कारण केही खेलाडीले प्रतियोगिता खेल्न नपाए पनि भुटानले माल्दिभ्सविरुद्ध सुरुबाटै अग्रता लिएको थियो । पहिलो क्वार्टरमा २०–९ ले अघि रहेको भुटानले दोस्रो क्वार्टरमा १८–१७ ले अघि रह्यो । तेस्रो क्वार्टरमा १३–९ को नतिजा निकाले पनि भुटानले चौथो क्वार्टरमा १२–१९ को नतिजा सुम्पिएको थियो । शुक्रबार नेपालले प्रतियोगितामा दाबेदारको रूपमा हेरिएको भारतसँग प्रतिस्पर्धा गर्नेछ भने माल्दिभ्सले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App