परराष्ट्र र वैदेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

बिहिबार, २२ भदौ २०७४, १८ : ५३ नागरिक

काठमाडौँ – व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । 

समितिअन्तर्गत परराष्ट्र मन्त्रालय हेर्ने उपसमितिको आजको बैठकले राजदूतसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको उपसमितिका सदस्य चूडामणि जंगलीले जानकारी दिए। उनले भने, “चीन, भारत, अमेरिका, बेलायत, जापानलगायतका देशका लागि नेपालका राजदूतसँग नेपालको वैदेशिक नीति र नेपाली रोजगारीका लागि जाने कोरिया, इजरायल, मलेसिया र खाडी राष्ट्रका नेपाली राजदूतसँग नेपालको श्रम तथा वैदेशिक रोजगार नीति कस्तो बनाउने भन्नेबारे छलफल गर्ने निर्णय आजको बैठकमा भएको छ।” 

दशैँपछि र तिहारअघि यस्तो छलफल गर्ने मोटामोटी सहमति भए पनि मिति भने तय भएको छैन। बैठकमा समितिका सभापति जुठबहादुर खड्गी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलगायतको सहभागिता थियो । रासस 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad