४ वैशाख २०८१ मंगलबार
अर्थ

भेरी नगरपालिकामा एकीकृत कर उठाउन सुरु

भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्वजंग शाहलाइ  कर तिरेको रसिद दिएर एकीकृत सम्पति कर कार्यान्वयन गर्दै जिल्ला न्यायाधिस लिलाराज अधिकारी ।तस्बिर : जनक केसी

जाजरकोट – जिल्लाको भेरी नगरपालिकाले वुधबारदेखि एकीकृत सम्पति कर कार्यान्वयन सुरु गरेको छ । सदरमुकाम खलंगामा विशेष कार्यक्रमको आयोजना गरेर करदाताबाट सम्पति कर बुज्दै एकीकृत सम्पति कर कार्यान्वन सुरु भएको हो।

नगरपालिकाको निर्वाचन भएको साढे तीन महिनापछि एकीकृत सम्पति कर सम्बन्धी निर्णय कार्यान्वयन भएको हो । बुधबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिस लिलाराज अधिकारीले  वडा नं ४ का वडाध्यक्ष खम्वजंग शाहलाई सम्पति कर बुझाएको रसिद हस्तान्तरण गरेर एकीकृत सम्पति कर कार्यान्वनको सुरुवात गरे। नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने जनतासँग भएको घर जग्गा र अन्य सम्पतिमा लाग्ने कर निर्धारण गर्दै नगरपालिकाले एकीकृत सम्पति करको सुरुवात गरेको हो ।

वडा नम्वर १३ का वडाध्यक्ष गोपालबहादुुर वटालाको संयोजकत्वमा गठित एकीकृत सम्पति कर मूल्यांकण समितिले एक लाख देखि दुई लाखको सम्पति भए वार्षिक २५ रुपैयाँ,  १०लाख भए ३ सय रुपैयाँ, ५० लाख भए चार हजार पाँच सय, १ करोड सम्पति भए १२ हजार ५ करोड देखि माथि भए  प्रति हजार दुई रुपैयाँका दरले कर निर्धारण गरिएको छ । त्यस्तै नगर क्षेत्र भित्रको जग्गाको पनि मूल्य निर्धारण गरिएको छ । जस अनुसार नगर क्षेत्रको खेती योग्य जमिनको प्रति बिघा ४० हजार देखि १० लाख, आवासीय तथा व्यापारिक क्षेत्रको जग्गाको मूल्य प्रति रोपनी ३ लाख देखि २५ लाख सम्म मूल्य निर्धारण गरिएको छ ।

नगरभित्रको आवासीय तथा व्यापारिक क्षेत्र मध्ये ठाँटीबजार क्षेत्रमा जग्गाको मूल्य सबै भन्दा बढी निर्धारण गरिएको छ । कार्यक्रममा नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जनताबाट उठेको कर जनताकै हितका लागि प्रयोग हुने भएकोले कर तिरेर राज्य प्रति नागरिकको दायित्व पुरा गर्न सबैमा आग्रह गरे । त्यस्तै स्थानीय निकायमा देखिएको भ्रष्टाचारलाई रोकेर जनतालाई सुशासन र परिवर्तनको अनुभूति दिलाउने काम गर्न जनप्रतिनिधिहरूलाई सरोकारवालाहरूले सुझाव दिएका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्रमा जनतालाइ न्यायपूर्ण ढंगले करको दायरामा ल्याउन नागरिक अगुवा केवजंग शाहले सुझाव दिए। 

 

प्रकाशित: २२ भाद्र २०७४ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App