८ वैशाख २०८१ शनिबार
अन्य

८८ केजी सुन बोकेको गाडीको रेकर्ड सेना र सशस्त्रसँग छैन

सुन अाेसार्न तस्करले प्रयोग गरेको यो गाडी। फाइल तस्विर

रसुवा—अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन्।

यी दुई सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएको उनले बताए। पक्राउ दुवै जनालाई काठमाडौं पठाइएको छ।

रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाभित्र नेपाल प्रहरीको ६, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको ३ र नेपाली सेनाको ३ वटा जाँच परीक्षणको पोस्ट छन्। सेनाले सबै किसिमका गाडीलाई रोकेर चेकजाँच गर्छ। ८८ केजी सुन बोकेको गाडीको जाँच रेकर्ड भने सेना र सशस्त्रको पोष्टसँग छैन।

नेपाल–चीन सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नं.को टाटा स्ट्रोम गाडी दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २२ भाद्र २०७४ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App