८ वैशाख २०८१ शनिबार
समाज

घरेलु हिंसाबाट पीडित विक न्याय खोज्दै सदरमुकाममा

मुगु – विवाह भएको एक वर्षदेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी एक जना महिला न्याय खोज्दै सदरमुकाम गमगढी पुगेकी छिन्। 

सदरमुकाम गमगढीदेखि दुई घण्टा टाढा मात्र रहे पनि एक वर्षसम्म लागातार परिवारको अन्याय सहेकी छायाँनाथ रारा नगरपालिका १२ बालचौरकी १८ वर्षीया उतिकला विक न्याय खोज्न सदरमुकाम स्थित महिला तथा बालबालिका कार्यालय पुगेकी हुन । २०७३ साल बैशाखमा कक्षा दशमा पढ्दै गर्दा सोही वडाका १९ वर्षका सुनबहादुर विकले जर्वजस्ती तानेर लगेर विवाह गरेको र विवाह भएको छ महिना पछि देखिले सासु ससुराले घर छोड्न भन्ने, हान्ने त्यस्तै श्रीमानले समेत गाली गलौज गर्दै पिट्दै आए पछि उनि आत्तिएर न्याय खोज्दै ६ महिने गर्भ बोकेर सदरमुकाम आएकी हुन्।

श्रीमानले तीन दिन जिल्ला अस्पताल बस्ने गरी कुटेको र त्यस पछि सधैँ सासु,ससुरा र श्रीमानबाट पीडा थपिदै गएपछि गर्भपतन गराउन खोजे पनि श्रीमानले नमानेको तथा त्यस पछि घर परिवारले गर्भमा रहेको बच्चा आफ्नो छोराको नभई अरुकै भएकाले घर भित्र पस्न समेत नदिने भने पछि आफू न्याय माग्दै सदरमुकाम पुगेको विकले गुनासो पोखिन्। 

गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको १२ वडा सदस्य समेत निर्वाचित भएका केटाका बावु सोनाम विकले समेत बुहारी उतिकलालाई पिटेको समेत गुनासो आए पछि आवश्यक कारवाही गर्न उनिहरूलाई समाउन प्रहरीलाई लेखि पठाई सकिएको र उसको सबै भन्दा गर्भको शिशु तथा पीडित महिलाको सुरक्षालाई हेर्दै दीर्घकालिन उपाय अपनाउनु जरुरी देखिएको महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख हसिना पराजुली सुवेदीको भनाई छ।

आर्थिक वर्ष २०७३/०७४मा जिल्ला भरबाट महिला हिंसाका घटना घटेको विवरण सहित कार्यालयमा उजुरी पर्न आए पनि आर्थिक वर्ष २०७४/०७५ को पहिलो दुई महिनामा मात्र महिला हिंसाका घटना १४ वटा पुगेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । यो संख्या हेर्दा जिल्ला सदरमुकाम बाहिरका ग्रामीण बस्तिमा महिला हिंसाको अवस्था गम्भीर हुन सक्ने कार्यालयको ठम्याई छ ।

प्रकाशित: २२ भाद्र २०७४ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App