७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीका कारण ९ जनाको मृत्यु

न्यूयोर्क – अमेरिकाको क्यारिबियन क्षेत्रमा आएको हरिक्यान इर्मा नामक आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ। 

करिब ३०० किलोमिटर प्रतिघण्टाको वेगमा आएको उक्त आँधी ज्यादै नै विनाशकारी भएको प्रधानमन्त्री ग्यास्टन ब्राउनले बताएका छन्। 

करिब १६ सय मानिसहरूको बसोबास रहेको उक्त क्षेत्रमा रहेका सम्पूर्ण भौतिक संरचना आँधीका कारण विनाश भएको छ।

उक्त आँधीका कारण फ्रान्सको भूभागमा पर्ने सेन्ट मार्टिनमा समेत ६ जनाको मृत्यु भइसकेको छ साथै त्यहाँको भौतिक संरचना सम्पूर्ण रूपमा विनाश हुन पुगेको छ । 

आँधीका कारण उद्धार कार्य तथा सञ्चार सम्पर्कमा पनि जटिलता आएको छ । उक्त आँधी जोखिमका हिसाबले पाँचौ तहमा पर्छ । आँधी प्रभावित क्षेत्रहरूमा संकटकालको घोषणा गर्नुका साथै उद्धार कार्यको थालनी गरिएको छ। 

प्रकाशित: २२ भाद्र २०७४ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App