६ वैशाख २०८१ बिहीबार
खेल

रियोमा राष्ट्रपति उपस्थित नहुने

रियो दी जेनेरियो- निलम्बनमा रहेकी ब्राजिली राष्ट्रपति डिल्मा रौसेफ र पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अर्को महिना सुरु हुने रियो ओलम्पिकको उद्घाटन समारोहमा उपस्थिति नजनाउने अधिकारीहरूले बताएका छन्।

अगस्ट ५ मा हुने उद्घाटन समारोहमा दुई राष्ट्रप्रमुखको अनुपस्थितिले ब्राजिलमा जारी राजनीतिक समस्या प्रस्ट पार्नेछ। विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिक सकिएलगत्तै रौसेफ बर्खास्त हुने सम्भावना छ भने पूर्व राष्ट्रपति लुला भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। राष्ट्रपतिका रूपमा ब्राजिललाई ओलम्पिक आयोजनाको अवसर दिलाउन लुलाको योगदान महŒवपूर्ण थियो।

'उनी जाने छैनन्,' रौसेफको कार्यालयले भनेको छ।

'लुला जाने छैनन्,' साओ पाउलोस्थित लुला इन्स्टिच्युटका प्रवक्ता जोस क्रिस्पिनियानोको भनाइ पनि उस्तै थियो।

२०१० मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित रौसेफमाथि सरकारी बजेटको नियम मिचेको अभियोगमा सिनेटमा मुद्दा चलिरहेको छ। सिनेटले अगस्ट  अन्त्यमा उनको विषयमा निर्णय गर्नेछ। जसले उनलाई पदबाट बर्खास्त पनि गर्न सक्नेछ।

प्रकाशित: १३ श्रावण २०७३ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App