१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन –  पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट विहीबार दिउँसो एकजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो। 

खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस 

प्रकाशित: २२ भाद्र २०७४ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App