रेडियो स्टेशनमा आगलागी हुँदा एक लाख भन्दा बढीको क्षति

बिहिबार, २२ भदौ २०७४, १४ : ३७ दमन राई

खोटाङ – विद्युत सर्ट हुँदा खोटाङको रुपाकोट सामुदायिक रेडियोमा आगलागी भएको छ । बिहीबार बिहान सोलारको व्याट्री र इन्भर्टर राखिएको कोठामा अचानक आगो लाग्दा दिक्तेलस्थित रेडियोको अपलिंक स्टुडियोमा आगलागी भएको हो । आगलागीमा एफएमको एक लाख बढीको क्षति भएको स्टेशन मेनेजर सूर्य तामाङले बताए। 

आगलागीमा दुई वटा व्याट्री, एक थान सोलार इन्भटर, एक थान कन्ट्रोलर, तार लगायतका उपकरण जलेको छ । स्टुडियोमा लागेको आगो व्यवसायी नवराज जोशीले तत्काल निभाएकाले ठूलो क्षतिबाट जोगिएको हो । बलेको आगोको ज्वाला स्टुडियोको छानासम्म पुगेको पाइएको छ । तत्काल निभाइएकाले स्टुडियो भवन, २२ थान सोलार, १४ थान सोलार ब्याट्री, ईन्भटर, स्टुडियोको मिक्स्चर, डेस्कटप कम्प्यूटर, ल्यापटप लगायतका उपकरण जल्नबाट जोगिएको छ । सो स्टुडियोबाट अपलिंकको अन्तिम तयारी भइरहेको बेलामा आगलागी भएको स्टेशन मेनेजर तामाङले बताए । मुढेस्थित मुख्य स्टेशनबाट रेडियोको नियमित प्रशारण भने सुचारु भइरहेको छ । ‘प्रारम्भिक रुपमा क्षतिको अवलोकन गर्दा एक लाख बाह्र हजारको उपकरण जलेको पाइएको छ,’ तामाङले भने, ‘अन्य उपकरणमा क्षति पुगे नपुगेको अझै परीक्षण गर्न बाँकी छ।’ 

२०६४ सालमा स्थापना भएको रेडियोले हाल दैनिक ११ घण्टा प्रशारण गर्दै आएको छ । दक्षिण एसियाकै सबैभन्दा बढी शेयर सदस्य रहेको भनिएको ५ सय वाट क्षमताको रेडियोको मुख्य स्टेशनमा चट्याङले हरेक वर्ष क्षति पु¥याउँदै आएको छ । यसअघि २०६८ जेठ १५ गते, २०६९ साल चैत्र, २०७० जेठ २७ गते, २०७१ असार ५ गते, २०७३ भदौ ५ गते परेको चट्याङले रेडियोमा प्रशारण नै बन्द हुनेगरी क्षति पुर्‍याएको थियो । 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad