७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सिड्नी विमानस्थलमा जब दुई जहाज आमनेसामने भए

तस्विर सौजन्यः डामियन आइलो

सिड्नी— अष्ट्रेलियाको सिड्नी विमानस्थल अष्ट्रेलियाको एउटा महत्वपूर्ण विमानस्थल हो। यो विमानस्थल आधारित भएर क्वान्टास एयरवेज सञ्चालन हुन्छ। यो बाहेक भर्जिन अष्ट्रेलिया, जेटस्टार एयरवेजसहितका विमान कम्पनीहरुले पनि यो विमानस्थललाई आफ्नो दोस्रो हबको रुपमा राखेका छन्।

क्वान्टासको एयरबस ३८० विमानस्थलको आकासमा उडिरहँदा एयर न्युजिल्यान्डको एयरबस ३२० आइपुगेको थियो। दुवै जहाजहरु एक आपसमा विपरित दिशातर्फ घुमिरहँदा डामियनले यो तस्विर लिएका थिए।

सिड्नी विमानस्थल नजिकै ११ मार्च २०११ मा एउटा यस्तो तस्विर खिचिएको थियो त्यो यतिबेला इन्टरनेटमा चर्चित बनिरहेको छ। फोटोग्राफर डामियन आइलोले खिचेको तस्विरमा क्वान्टास एयरवेज र एयर न्युजिल्यान्डका दुई विमान जुध्न लागे जस्तो देखिन्छ। वास्तविकतामा भने दुई जहाजहरुबीच दुरी निकै नै थियो। क्वान्टासको एयरबस ३८० विमानस्थलको आकासमा उडिरहँदा एयर न्युजिल्यान्डको एयरबस ३२० आइपुगेको थियो। दुवै जहाजहरु एक आपसमा विपरित दिशातर्फ घुमिरहँदा डामियनले यो तस्विर लिएका थिए।

यो तस्विर निकोन डी ७००० क्यामेराले खिचिएको थियो। क्यामेरामा एक्सपोजर समय १०/१०००० तस्विर खिचिएको डामियनले उल्लेख गरेका छन्।

प्रकाशित: २२ भाद्र २०७४ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App