coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कपाल लामो बनाउने घरेलु उपाय

कपाल लामो भएको कसलाई मन पर्दैन र ! सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ ।  यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ । कपाल लामो बनाउने घरेलु उपायहरुमा :
प्याजको रस
प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ । कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ ।
प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ । त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ ।
प्याज र बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ । यसले कपालमा कन्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ ।  
प्याज र नरिवलको तेल
नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि कपाल राम्रो हुन्छ । यसले कपाललाई पोषण दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ । यसबाट टाउकाको मृत कोशिका हट्छन् । यसले कपाल बढाउन मद्दत गर्छ ।
प्याज र मह
कपाललाई बलियो बनाउन प्याज र महको प्याक राम्रो हुन्छ । यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ । यसले कपाललाई बलियो बनाउँछ ।
प्याज र कागती
कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ । कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छालालाई सफा पार्छ । यसले कपाल झर्नबाट रोक्छ ।
प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ । कपाल झर्न रोक्नका लागि  एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

प्रकाशित: २२ भाद्र २०७४ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App